३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आठ कक्षा बोर्ड परिक्षाको नतिजा पहिलो पटक शिक्षा कार्यालय डडेल्धुराको वेब साईड मार्फत प्रकाशित

२८ चैत्र २०७२, आईतवार १२:५२

चैत २८, डडेल्धुरा । २०७२ सालमा संञ्चालित बोर्ड परिक्षा आठ कक्षाको नतिजा सुदुरपश्चिममा पहिलो पठक जिल्ला शिक्षा कार्यालय डडेल्धुराले वेब साईट मार्फत प्रकाशित गरेको छ ।

बिद्यार्थीहरुले कक्षा आठको नतिजा लगायत शिक्षा कार्यालयको समपुर्ण गतीबिधी वेबसाईट www.deodadeldhura.gov.np मार्फत हेर्न सकिने छ । चैत पाँच गते देखि संञ्चालन गरिएको कक्षा आठको बोर्ड परिक्षामा डडेल्धुराबाट ३ हजार १ सय ३५ बिद्यार्थी उत्तिर्ण भएका छन । आठ वटा स्रोतकेन्द्रमा संञ्चालित परिक्षामा जम्मा ३ हजार ७ सय २५ बिद्यार्थी मध्ये ३ हजार १ सय ३५ अर्थात ८५.१० प्रतिशत बिद्यार्थी उत्तिर्ण भएको शिक्षा कार्यालयद्धारा आज आईतवार गरिएको बिद्यार्थी भर्ना अभियान २०७३ सम्बन्धि कार्यशालामा जनाईएको छ ।

नतिजाको विस्तृत विवरण सम्बन्धित बिद्यालय, परिक्षार्थीको लब्धांकपत्र जिल्ला शिक्षा कार्यालयबाट प्राप्त गर्न सकिने छ । साथै नँया शैक्षिक शत्रको नारा हामी सबैको ईच्छा, सर्व सुलभ बिद्यालय शिक्षा, तय गरिएको छ । कार्यशालामा बिद्यालयको एक तहमा भर्ना भएको बिद्यार्थीले पुनः सोही बिद्यालयको अर्काे कक्षामा भर्ना गर्नु नपर्ने, बिद्यालयले बिद्यार्थी भर्ना गर्दा निःशुल्क शिक्षाको लागी अभिभावकको नाम, ठेगाना, परिवारको नाममा रहेको अचल सम्पतिर अनुमानित आमदानी सम्बन्धि विवरण माग गरी राख्नु पर्ने लगायतका विद्यार्थी भर्ना सम्बन्धि नीतिगत व्यवस्थाका बारेमा जानकारी गराईएको छ ।

डडेल्धुरा जिल्ला भर आठ सय १८ बिद्यार्थी बिद्यालय बाहिर रहेको शिक्षा कार्यालयका शाखा अधिकृत नरेन्द्रबहादुर खातीले बताएका छन । बिद्यालय बाहिर रहने बिद्यार्थी मध्ये तिन सय ८३ छात्रा र चार सय ३४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’