बैशाख १२, डडेल्धुरा । डडेल्धुरामा औलो रोगीको संख्या दिनप्रतिदिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, डडेल्धुरा । डडेल्धुरामा औलो रोगीको संख्या दिनप्रतिदिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा औलो रोगीहरुको संख्या घट्दै

१२ बैशाख २०७४, मंगलवार १६:५४

बैशाख १२, डडेल्धुरा । डडेल्धुरामा औलो रोगीको संख्या दिनप्रतिदिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सुपानेट झुल वितरण गर्नाले, किटनाशक औषधि छर्कनाले, र औलो रोगविरुद्ध जनचेतना जगाउने कार्यक्रम गर्नाले औलो रोगीहरुको संख्या क्रमिकरुपमा घट्दै गईरहेको हो ।

डडेल्धुुरामा २०७१/०७२ मा २७ जनामा औलो रोग फेला परेको थियो । यस्तै आर्थिक बर्ष २०७२/७३ मा १४ जनामा र चालु आर्थिक बर्ष २०७३/७४ को अहिले सम्म ९ जना मात्रै औलो रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र रावलले जानकारी दिएका छन् ।

जिल्लाको भित्री मधेस क्षेत्रमा औलो रोगको बढी जोखिम देखिएको छ । जिल्लाको भित्रीमधेस क्षेत्रका आलिताल गाउँपालिकका र परशुराम नगरपालिका विभिन्न गाउँहरुमा औलो रोगको बढी जोखिम देखिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले मंगलबार औलो दिवसको अवसरमा आयोजित पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा जानकारी गराएका हो ।

परशुराम नगरपालिकको वडा नं १ र १२ नम्बरमा उक्त रोगको बढी नै जोखिम रहेको जनाईको छ । औलो बढी जोखिम देखिएको परशुराम नगरपालिका र आलिताल गाउँपालिकका क्षेत्रमा सुपानेट झुल बितरण गरि सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । औलो बढी प्रवाभित क्षेत्रमाा केही दिन पछि स्प्रे गर्ने कार्यक्रम रहेको कार्यालयले जनाइएको छ ।

‘सदाका लागि औलो अन्त गरौँ’ भन्ने नाराका भन्ने नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी मंगलबार (अप्रिल २५) मा विश्व औलो दिवस मनाइएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाइने गरिएको छ ।

डडेल्धुरामा पनि विश्व औलो दिवसको अवसरमा मंगलबार बिहान जिल्ला स्वास्थ्य कार्यालयले जनचेतना फैलाउने उद्देश्यले डडेल्धुरा सदरमुकाममा प्रभातफेरी निकालेको छ ।

साथै मंगलबार दिउँसो जिल्ला स्वास्थ्य कार्यालयले कार्यालयमै जिल्ला स्थित पत्रकारहरु मार्फत औलो रोगको प्रचार–प्रसार गर्ने उदेश्यले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख वृष बहादुर शाहीले जानकारी गराएका थिए ।

उहाँले रोग फैलिन नदिने उद्देश्यले प्रभावित क्षेत्रकामा विभिन्न किसिमका जनचेतना जोगाउने कार्य गरिरहेको पनि कार्यक्रममा जानकारी गराएका थिए ।

एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन । मानिसको शरिरमा प्रवेश गरेपछी कलेजो र राता रक्तकोषहरुमा विकास भई हुर्किएका परजिवीहरु रगतको माध्यमबाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्ने स्वास्थकमीलेहरुले बताएका छन् ।

सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखी १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन ।

निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने बताइएको छ ।

औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरु नेपाल सरकारको तर्फवाट निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराइएको छ ।

लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागी सामान्य रुपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय पनि रहेको छ ।

पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद