२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपरिचमका सरकारी विद्यालयले विभिन्न बहानामा बिद्यार्थीहरुबाट चर्को शुल्क असुल्दै

२०७३, १२ बैशाख आईतवार ०२:५४

ललित बोहरा/बैशाख १२, डडेल्धुरा । सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनी सुदुरपरिचमका अधिकांश सरकारी विद्यालयले विभिन्न बहाना बनाउँदै विद्यार्र्थीबाट शुल्क लिइरहेका छन् ।

भर्ना शुल्क लिन नपाउने भनिए पनी सुदुरपरिचमका सामुदायिक विद्यालयले अहिले महंगो शुल्क लिँदै विद्यार्थी भर्ना लिइरहेको अभिभावकहरुको गुनासो छ । बैतडीको कैलपाल र हालको पाटन नगरपालीकमा पर्ने कैलाश निमाबिले पनी बिद्यार्थीहरुबाट भर्ना शुल्क परिक्षा शुल्क चन्द गरी लिने गरेको छ ।

प्राथमीक बिद्यालय सम्म स्थानी शिक्षकहरु रहेको र निमाबिमा अध्यपन गराउने निजी स्रोतका शिक्षकहरु भएको र निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन पनी शुल्क लिने गरेको बिद्यालय स्रोतले जानकारी दिनु भयो । यस्तै गाजँरी गाबिसको सुगरखालमा रहेको केदार निमाबिले पनी निजी स्रोतबाट शिक्षकहरु राखी बिद्यालय सञ्चालन गरीरहेको बताएको छ ।

आर्थिक स्रोतको मुख्य आधार बिद्याथीहरु नै भएकाले भर्ना शुल्क भनेर नलिएपनी प्रत्येक घरधुरी चन्द लिने गरेको बिद्यालय स्रोतको भनाई छ । यस्तै बालविकास उच्च माध्यमिक विद्यालय गोलाइ बझाँङले कक्षा १ को ७० रुपैयाँ र कक्षा दशको चार सय पचास रुपैयाँ भर्ना शुल्क लिने गरेको अभिवाकको गुनासो छ ।

त्यस्तै सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुर बझाँङले समेत वर्षेनी कक्षा ६ देखि ८ सम्म पाँच सय र कक्षा ९ र १० मा पाँच सय पचास भर्ना शुल्क लिने गरेको छ । त्यस्तै सुदुरपरिचमका अन्य विद्यालयहरुले पनि विभन्न बहाना बनाउँदै कक्षा १ देखि नै भर्ना शुल्क लिइरहेको भएपनि जिल्ला शिक्षा कार्यालयले कुनै वास्ता नगरेको स्थानीयहरुको गुनासो छ ।

सत्यवादी उच्च माध्यमिक विद्यालयमा आफ्ना छोराको कक्षा १० मा पाँच सय पचास तिरेको तर विद्यालयले रसिद समेत नदिएको चैनपुरका सुशिलमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सदरमुकाम सेरोफेरोका सामुदायिक विद्यालयले यसरी बिभिन्न बहानामा विद्यार्थीबाट रकम उठाउँदा पनि सरकारले कारबाही नगर्नु गैर जिम्मेवारीपन भएको आरोप लगाउनु भयो ।

बझाङमा प्रावि तह निमावि, मावि र उमावि सबै तहका विद्यालयले भर्ना शुल्क परीक्षा शुल्क, अनउपस्तीत शुल्क लगायतका अन्य शुल्क लिने गरेका छन् । विद्यालयले अनावश्यक शुल्क लिएर कमाई खाने भाडो बनाएको बझाङका नागरिक समाजका अगुवा धर्मजंग सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने