४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको चेपाङ गाउँमा खानेपानीको हाहाकार

१४ बैशाख २०७४, बिहीबार ०५:५०

बैशाख १४, गोरखा । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक गाउँस्थित छतिवनगैरामा पानीको मूल सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या झेल्नुपरेको छ । 

दुई वर्षअघिको ‘गोरखा भूकम्प’ ले गाउँ नजिकका पानीका मुहान सुकेपछि चेपाङ समुदायले खानेपानीको समस्या खेप्दै आएका छन् । एउटा कुवाको पानीको भरमा छतिवनगैराका २५ घरधुरी चेपाङ छन् । गाउँदेखि आधा घन्टा टाढा चापखोलाको मुहानमा पानी भर्न सबेरै गाग्री, जर्किन, बोतल लिएर चेपाङहरु लाइन लाग्छन् । बाह्रै महिना अनिकाल लाग्ने यो गाउँमा दुई वर्षदेखि पानीको पनि हाहाकार भएको छ । 

भूकम्पपछि पानीका मुहान सुक्दा धित मारेर पानी पिउन नपाएको गुनासो छतिवनगैराका बुद्धिमान चेपाङको छ । “गाउँलेहरु पानी लिन बिहान ४ बजे चापखोला पुग्छन्”, चेपाङले भन्नुभयो । 

त्रिशूली नदीको पानी जेनेरेटर लगाएर तान्न सकेमा गाउँमा पानीको हाहाकार टार्न सकिने र तरकारी बाली सिँचाइ गर्न सकिने उहाँले बताउनुभयो । छतिवनगैराका केही गाउँलेले तरकारीखेती गरी मनग्य आम्दानी पनि लिएका छन् । तर, पानीको समस्याले दुई वर्षदेखि तरकारी फलाउन सकिएको छैन । 

छतिवनगैराका मिलन चेपाङका अनुसार सप्रोप नामक संस्थाले खानेपानीको व्यवस्था गर्दै धारा बनाइदिए पनि चुन मिसिएको लेदोसहितको पानीले पाइप टालियो । गाउँमा खानेपानीको समस्या भएको थाहा पाएपछि युनिसेफ नामक संस्थाले खानेपानी योजना निर्माणमा सघाउने भयो । 

युनिसेफको सहयोगमा नयाँ मुहान खोजेर गाउँमा धारासहित पानी ल्याएको केही समयमा नै मुहानमा पानी सुकेपछि गाउँले पुनः खानेपानीको समस्याबाट गुज्रिएका हुन् । स्थानीय शिक्षकसमेत रहेका अनुप चेपाङका अनुसार खानेपानीका योजना बनाइदिने भन्दै इको नेपाल र पद्धति विकास सेवा केन्द्र नामक संस्थाहरु गाउँ पुगे पनि योजनाको काम सुरु गरेका छैनन् । योजना सम्झौता भएको चार महिना बिते पनि काम हुन सकेको छैन । 

पानी लिन खोला पुगेका बालबालिका समयमै घर नफर्कंदा विद्यालय जानबाटै वञ्चित हुनुपरेको छतिवनगैराका कमल चेपाङले गुनासो गर्नुभयो । सरकारले जनता आवास कार्यक्रममार्फत चेपाङ समुदायलाई घर बनाउँदै आए पनि पानीको समस्या हुँदा नयाँ घर निर्माण गर्न समस्या छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद