पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख १४, धनुषा । धनुषामा चितुवाको आक्रमणबाट छजना घाइते भएका छन् ।

बुधबार साँझ अबेर अन्दुपट्टी कटरैत गाविसस्थित वनमा घाँस दाउरा ल्याउन तथा गोठालो गएकामाथि एक्कासि जङ्गलबाट आएको एक चितुवाले आक्रमण गरेको हो ।

आक्रमणबाट घाइते हुनेमा अन्दुपट्टी कटरैत–६ बस्ने प्रमेश्वर यादव, सञ्जीवकुमार साह, तिलेश्वर मुखिया, पञ्चु मुखिया र गीतादेवी मुखियालगायत छन् ।

उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएकाहरु अस्पतालमा उपचार गराउन आएपछि मात्र घटनाबाहिर आएको प्रहरी उपरीक्षक लीलामणि आचार्यले बताउनुभयो । रासस