२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको स्थास्थ्य अबस्था नाजुक भएकोमा जिल्ला प्रशासन डडेल्धुराद्धारा दुख ब्यक्त

२०७३, १३ बैशाख सोमबार १६:०१

ललित बोहरा/ बैशाख १३, डडेल्धुरा ।  डडेल्धुराको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले डडेल्धुरा जिल्लाको स्वास्थ्यको अवस्था नाजुक वनेको भन्दै दुःख व्यक्त गर्नु भएको छ । सोमवार एक कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले डडेल्धुरा जिल्ला सुदुरपश्चिमकै सुन्दर जिल्ला भएको भएपनि स्वास्थ्य क्षेत्रमा वाजुरा जस्तो विकट जिल्ला भन्दा पनि पछाडी पर्नु दुःखद भएको वताउनु भयो ।

जिल्लामा स्वास्थ्य क्षेत्रमा नेपाल सरकारकै करोडौ रकम एका तर्फ खर्च भईरहेको छ भने अर्को तर्फ विभिन्न दातृनिकायले समेत करोडौ रकम खर्च गरिरहेको भएपनि स्वास्थ्य अवस्थामा सुधार हुनुको साटो खस्कदै जानुमा स्वास्थ्य कार्यालयका कर्मचारी दोसी रहेको जिकिर गर्नु भयो । ‘खाध्य सुरक्षाका कुरा गरिरहेका छौं तर जिल्लाको स्वास्थ्य क्षेत्र खस्कदै गईरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ,‘अव पनि स्वास्थ्य क्षेत्रमा सुधार नगर्ने हो भने डडेल्धुराको जिल्लाको अवस्था भयावह हुने खतरा रहेको रहेको छ।’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुखक सहितका कर्मचारीको कार्यशैली प्रति ईगित गर्दे प्रमुख जिल्ला अधिकारी लुईटेलले आजकै दिन देखी जिल्लाको स्वास्थ्य अवस्थाको सुधार गर्न निर्देशन समेत दिनु भएको थियो । कृषि तथा खाध्य सुरक्षा आयषेजना लगाु भएका स्थानिय वासीन्दाको जिवन स्तरमा सुधार भईरहेको वताइएको छ । पाँच वर्ष कार्यक्रम अन्र्तगत तिन वर्ष कार्यक्रमको समिक्षा कार्यक्रममा खाध्य सुरक्षा आयोजना लागु भएका गाविसका स्थानिय वासीन्दाको जिवन स्तर देखी खाध्यमा समेत व्यवहार परिर्वतन भएको देखाइएको छ । आयोजना लगाु भएका जिल्लाका वेलापुर,देवल दिव्यपुर,आलिताल, नवदुर्गा, गांखेत, अशिगम,चिपुर,भागेश्वर लगाएत १० गाविसका स्थानियको जिवन स्तर देखी खाध्य सुरक्षामा समेत स्तर वृद्धि हुँदै गएको समिक्षा कार्यक्रम प्रस्तु गरीरहनु भएका जिल्ला पशुसेवा कार्यालय डडेल्धुराका प्रमुख वरिष्ठ डा.चन्द्र ढकालले वताउनु भयो । आयोजनावाट कृषि पाठशाला, पोशक वाली प्रर्वदन,कार्यशाला गोष्ठी,जिविको पार्जन,गोठ सुधार,साना सिचाई,विज वृद्धि,साना अनुदान लगाएतका विभिन्न कार्यक्रम संचालन हुने गरेका छन् । लागु भएका जिल्ला गाविसका स्थानिय वासीन्दाको कृर्षि तथा खाध्य सुरक्षा आयोजनाको तिन वर्षको कामकारवाहीका वारेमा सोमवार समिक्षा गरिएको छ । जिल्ला कृषि विकास कार्यालय,जिल्ला पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपामा कार्यान्वयन गर्दे आईरहेको कृषि तथा खाध्य सुरक्षा आयोजनाको तिन वर्षको सम्मको कार्यक्रमको समिक्षा गरिएको थियोे ।निमित्त स्थानिय विकास अधिकारी रामकुमार श्रेष्ठको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला