४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको स्थास्थ्य अबस्था नाजुक भएकोमा जिल्ला प्रशासन डडेल्धुराद्धारा दुख ब्यक्त

१३ बैशाख २०७३, सोमबार १६:०१

ललित बोहरा/ बैशाख १३, डडेल्धुरा ।  डडेल्धुराको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले डडेल्धुरा जिल्लाको स्वास्थ्यको अवस्था नाजुक वनेको भन्दै दुःख व्यक्त गर्नु भएको छ । सोमवार एक कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले डडेल्धुरा जिल्ला सुदुरपश्चिमकै सुन्दर जिल्ला भएको भएपनि स्वास्थ्य क्षेत्रमा वाजुरा जस्तो विकट जिल्ला भन्दा पनि पछाडी पर्नु दुःखद भएको वताउनु भयो ।

जिल्लामा स्वास्थ्य क्षेत्रमा नेपाल सरकारकै करोडौ रकम एका तर्फ खर्च भईरहेको छ भने अर्को तर्फ विभिन्न दातृनिकायले समेत करोडौ रकम खर्च गरिरहेको भएपनि स्वास्थ्य अवस्थामा सुधार हुनुको साटो खस्कदै जानुमा स्वास्थ्य कार्यालयका कर्मचारी दोसी रहेको जिकिर गर्नु भयो । ‘खाध्य सुरक्षाका कुरा गरिरहेका छौं तर जिल्लाको स्वास्थ्य क्षेत्र खस्कदै गईरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने ,‘अव पनि स्वास्थ्य क्षेत्रमा सुधार नगर्ने हो भने डडेल्धुराको जिल्लाको अवस्था भयावह हुने खतरा रहेको रहेको छ।’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कार्यालय प्रमुखक सहितका कर्मचारीको कार्यशैली प्रति ईगित गर्दे प्रमुख जिल्ला अधिकारी लुईटेलले आजकै दिन देखी जिल्लाको स्वास्थ्य अवस्थाको सुधार गर्न निर्देशन समेत दिनु भएको थियो । कृषि तथा खाध्य सुरक्षा आयषेजना लगाु भएका स्थानिय वासीन्दाको जिवन स्तरमा सुधार भईरहेको वताइएको छ । पाँच वर्ष कार्यक्रम अन्र्तगत तिन वर्ष कार्यक्रमको समिक्षा कार्यक्रममा खाध्य सुरक्षा आयोजना लागु भएका गाविसका स्थानिय वासीन्दाको जिवन स्तर देखी खाध्यमा समेत व्यवहार परिर्वतन भएको देखाइएको छ । आयोजना लगाु भएका जिल्लाका वेलापुर,देवल दिव्यपुर,आलिताल, नवदुर्गा, गांखेत, अशिगम,चिपुर,भागेश्वर लगाएत १० गाविसका स्थानियको जिवन स्तर देखी खाध्य सुरक्षामा समेत स्तर वृद्धि हुँदै गएको समिक्षा कार्यक्रम प्रस्तु गरीरहनु भएका जिल्ला पशुसेवा कार्यालय डडेल्धुराका प्रमुख वरिष्ठ डा.चन्द्र ढकालले वताउनु भयो । आयोजनावाट कृषि पाठशाला, पोशक वाली प्रर्वदन,कार्यशाला गोष्ठी,जिविको पार्जन,गोठ सुधार,साना सिचाई,विज वृद्धि,साना अनुदान लगाएतका विभिन्न कार्यक्रम संचालन हुने गरेका छन् । लागु भएका जिल्ला गाविसका स्थानिय वासीन्दाको कृर्षि तथा खाध्य सुरक्षा आयोजनाको तिन वर्षको कामकारवाहीका वारेमा सोमवार समिक्षा गरिएको छ । जिल्ला कृषि विकास कार्यालय,जिल्ला पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपामा कार्यान्वयन गर्दे आईरहेको कृषि तथा खाध्य सुरक्षा आयोजनाको तिन वर्षको सम्मको कार्यक्रमको समिक्षा गरिएको थियोे ।निमित्त स्थानिय विकास अधिकारी रामकुमार श्रेष्ठको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’