४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा कृषि वन विकास कार्यक्रम सुरु

१८ बैशाख २०७४, सोमबार ०७:३९

बैशाख १८, झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा कृषि वन विकास कार्यक्रम सुरु भएको छ । 

कृषि बाली र वनलाई सँगसँगै अघि बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो । झापाको धान सुपरजोन (बनियानी, बालुबाडी, पथरिया, केचना, पाठामारी तथा पृथ्वीनगर) र अन्य दशवटा पकेट क्षेत्र कृषि वनका लागि छनोट भएका छन् । 

पकेट क्षेत्रमा आबद्ध कृषि सहकारी र समूहका कृषकलाई विभिन्न बालीसँगै वनको विकास गराउन कार्यक्रम लक्षित रहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । 

कृषि बालीलाई नोक्सान नगर्ने गरी कृषि बालीको बीच–बीचमा बोटबिरुवा लगाउने उद्देश्यले सो कार्यक्रम लागू भएको हो । वन कार्यालयले कृषकलाई अगर, रुद्राक्ष, रबर, केरा, कटहर, लिची, आँपलगायतका बिरुवा निःशुल्क उपलब्ध गराउने सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । कृषि वनका लागि चालू आव २०७३÷७४ का लागि रु ८७ लाख केन्द्रबाट प्राप्त भएको छ । 

सो कार्यक्रमअन्तर्गत वन कार्यालय, भू–संरक्षण, जिल्ला सिँचाइलगायतका कार्यालयले आ–आफ्ना कार्यक्रम लागू गर्नेछन् । 

खाली भएको जमिनमा रुखका बिरुवा लगाउने, वन लगाएको स्थानमा भएको खाली जमिनमा वा रुखका बिरुवा नहुर्किउन्जेल बीच–बीचमा कृषि बाली लगाउन कृषकलाई प्रोत्साहित गर्ने, उनीहरुलाई तालिम र बिरुवा उपलब्ध गराउने कार्यक्रम छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता