४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकीबाट प्रसूतिसहितका सेवा

२० बैशाख २०७४, बुधबार ०९:१६

वैशाख २०, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ ।

भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा चारसय ९५ वर्ग मिटर क्षेत्रफलमा दुईतले भवन निर्माण गरिएको शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख दीपक सापकोटाले बताए। 

नवनिर्मित भवनबाट अब प्रसूतिसहितका सेवा प्रदान गरिने बताइएको छ । स्वास्थ्य चौकीको भवन अपाङ्ग मैत्री बनाइएको छ । स्वास्थ्य चौकीबाटै प्रसूतिसहितका सेवा प्रदान गरिने भएपछि उत्तरी झापा र दक्षिणी इलामका सेवाग्राही सबैभन्दा बढी लाभान्वित हुने बताइएको छ ।

दाताले सात कट्ठा जमिन उपलब्ध गराएपछि स्वास्थ्य चौकी भवन निर्माण गरिएको अहेव सापकोटाले बताए। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामअन्तर्गतको फिल्ड कार्यालय, झापाका इन्जिनियर सुमनकुमार मिश्रले मङ्गलबार भवन हस्तान्तरण गरेसँगै स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा सुरु गरेको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता