२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

२०७२, ८ आश्विन शुक्रबार ११:१६

bharatiya pm modi copy

भाष्कर के.सी./असोज ८, कञ्चनपुर । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरका संयुक्त विद्यार्थी संगठनहरुले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतिय भण्डा जलाएका छन् ।

शुक्रबार बिहान ११:३ बजेतिर यहाँका विभिन्न ६ विद्यार्थी संगठनहरुले पश्चिमी सिमा क्षेत्र गड्डाचौकीमा बिरोध स्वरुप भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहनका साथै भण्डा समेत जलाएका हुन् ।

काँग्रेस निकट नेवि संघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, वैद्य/विप्लप निकट क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले नेपालको स्वाभिमानमा भारतले पटक पटक दावा बोलेको भन्दै हस्तक्षेप रोक्न समेत आग्रह गरेका छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती भएका कारण मोदीको पुत्ला र भारतिय भण्डा जलाउँदा प्रहरीले पानी हालेका थिए ।

india map copy

सिद्धनाथ बहुमुखी क्याम्पसबाट नेपाली झण्डा सहित ¥याली निकालेर नारा जुलुस गर्दै सिमा क्षेत्र गड्डाचौकीसम्म पुगेर कोण सभामा परिणत भएको अखिल क्रान्तिकारीका नेता विरेन्द्र राज विष्टले बताउनुभयो । कोणसभामा बोल्ने नेताहरुले नेपालको आन्तरिक मामिलामा जथाभावि नबोल्न समेत आग्रह गरेका छन् ।

छिमेकी भएर छिमेको जस्तो व्यवहार गर्न समेत विद्यार्थी नेताहरुले आग्रह गरेका छन् । विद्यार्थी नेताहरुले भारतलाई नाकाबन्दी गर्न समेत चेतावनी दिएका छन् । कोण सभामा विप्लप क्रान्तिकारीका केन्द्रीय सदस्य विपी उपाध्ययले भारतले नेपालमा गिद्दे दृष्टिकोण राखेका कारण पटक पटक नेपालको राष्ट्रियतामा धावा बोलेको बताउनुभयो ।

अखिल छैटौँका अध्यक्ष महेश जोशीले भारतिय हस्तक्षेप अघि बढे नेपालीहरु त्यसको सामना गर्न तयार भएको चेतावनी दिनुभयो । वैद्य क्रान्तिकारीका अध्यक्ष राम महराले आफ्नो मातृभूमीको रक्षा गर्न नेपालीहरु तयार भएको उद्घोष गर्नुभयो । नेवि संघका अध्यक्ष गंगा भट्टले भारतले नाकाबन्दी गरेर नेपाललाई जिस्क्याउने खोजेको उनको आरोप छ । अनेरास्ववियुका अध्यक्ष ओम बस्नेतले नेपालको संविधानको विषयमा भारतले अनावश्यक बखेडा झिक्न नहुने बताए । ‘अंगिकृत नागरिकताधारीले यसो तसो अधिकार दिउ भन्नु गलत भएको छ ।’, उनले भने ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐरले नेपाल कसैको पनि गुलाम नहुने जिकिर गर्नुभयो । आफ्नो देशको राष्ट्रियताका लागि टाउकोमा कफ्न बाँधेर युद्ध लडन तयार भएको उनको दावि छ । ‘नेपालको एक इन्च भूमि दिन तयार छैनौँ, बरु मधेशका अराष्ट्रियता भएका नेताहरुलाई दिन तयार छौँ ।’, उनले भने, ‘टिकेट हामी काटिदिन्छौँ उपेन्द्र, राजेन्द्र महन्त,अमशेसलाई लग्नुहोस ।’ नेपाली राष्ट्रियता भण्डा सहित सिमा पुगेका विद्यार्थी नेताहरुले नेपालको लागि जस्तोसुकै त्याग गर्न तयार भएको उद्घोष गर्दै फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा