पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २६, लहान । सिरहाको बरियारपट्टी गाँउपालिका–१ कचनारीस्थित मुसहर बस्तीमा विगत केही दिनदेखि फैलिएको झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ भने अन्य १० जना बिरामी भएका छन् ।

झाडापखालाका कारण स्थानीय रामउद्गर सदायकी १० वर्षीया छोरी कविता सदायको गएराति मृत्यु भएको हो ।

गाउँमा फैलिएको झाडापखालाका कारण स्थानीय ६० वर्षीया सदामादेवी साह, २२ वर्षीया कविता सदाय, ४० वर्षीया ललिता देवी सदाय, ७० वर्षीया रेश्मा सदाय, राजेन्द्र सदायकी पाँच वर्षीया छोरी सुनिता सदाय, रमेश सदायकी चार वर्षीया छोरी राधिका सदाय, १८ वर्षीया उषा सदाय, ४० वर्षीया भुल्लु सदाय, श्रीप्रसाद सदायकी छ वर्षीया छोरी मधु सदाय र ७० वर्षीय विवेकान्त वैरागी बिरामी परेको स्थानीयले बताएका छन् ।

बिरामीमध्ये सदामादेवी साहको धनगढीस्थित श्रमजीवी अस्पतालमा र कविता सदायको भारतको लदियानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बरियारपट्टीले जनाएको छ ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले झाडापखाला फैलिएको सूचना पाएलगत्तै औषधिसहितको स्वास्थ्यकर्मी टोली घटनास्थल पठाइएको जानकारी दिनुभयो ।

मुसहर बस्तीमा के कति कारणले झाडापखाला फैलिएको हो सो बारेमा हालसम्म केही खुल्न नसकेको प्रमुख डा दासको कथन छ । रासस