बैशाख २८, नुवाकोट | सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विदुर नगरपालिका वड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २८, नुवाकोट | सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विदुर नगरपालिका वड"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ७ बर्षकी बालिकालाई ६० बर्ष कटेका वृद्धहरुको यस्तो हर्कत !

२८ बैशाख २०७४, बिहीबार ०८:१४

बैशाख २८, नुवाकोट | सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५ वर्षका रामबहादुर खतिवडा रहेका छन् । उनीहरुले २०७२ सालदेखि बालिकालाई यौन शोषण र यौन दुव्र्यवहार गर्दै आएको भनी पीडित परिवारले दिएको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालत, नुवाकोटमा जबर्जस्ती करणी अभियोगमा आज मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । 

पक्राउ परेका दुई वृद्धले बालिकालाई पैसा र खानेकुरा दिएर यौन दुव्र्यवहार गर्दै आएको र उक्त कुरा कसैलाई भनेमा ज्यान लिने धम्की दिएकाले लामो समयदेखि हुँदै आएको घटनाको तथ्य बाहिर आउन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । पीडित बालिका मानसिक रुपमासमेत कमजोर बन्दै गएको अभिभावकले बताएका छन् । रासस  

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता