२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चिया बगानमा मजदुर अभाव

२०७४, ३० बैशाख शनिबार ०८:२०

बैशाख ३०, इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । 

कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे भेटिन छाडेका छन् । 

चियामा मात्रै होइन अन्य खेतीबारीमा पनि कामदारको अभाव छ । उचित पारिश्रमिक नपाएपछि मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ । 

जिल्लाका पूर्वी भेगमा घर÷घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । “बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन,” कन्यामका काजीमान कागतेले भन्नुभयो – “बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ ।” 

चिया रोप्नेदेखि टिप्ने र काँटछाटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । वैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् । अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्नुहुन्छ । “चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन्,” उहाँले भन्नुभयो । 

मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी सङ्घका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् । निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको सङ्ख्या घट्दो छ । 

त्रिचालीस लाख राजस्व सङ्कलन 

जिल्ला ट्राफिक कार्यालयले चालु आवको नौ महिनामा सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकबाट रु ४३ लाख राजस्व सङ्कलन गरेको छ । 

ट्राफिक प्रमुख पदमबहादुर राईकाअनुसार मोटरसाइकलबाट रु १५ लाख तीन हजार, जिप तथा भ्यानबाट रु १४ लाख ३४ हजार, ट्रकबाट रु आठ लाख ५० हजार, ट््याक्टरबाट रु तीन लाख तथा बसबाट रु एक लाख ५३ हजार राजस्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरीले सात हजार ७०० वटा सवारीसाधनका चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । गत आवमा ट्राफिक कार्यालयले रु ५१ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक