२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

चिया बगानमा मजदुर अभाव

३० बैशाख २०७४, शनिबार ०८:२०

बैशाख ३०, इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । 

कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे भेटिन छाडेका छन् । 

चियामा मात्रै होइन अन्य खेतीबारीमा पनि कामदारको अभाव छ । उचित पारिश्रमिक नपाएपछि मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ । 

जिल्लाका पूर्वी भेगमा घर÷घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । “बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन,” कन्यामका काजीमान कागतेले भन्नुभयो – “बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ ।” 

चिया रोप्नेदेखि टिप्ने र काँटछाटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । वैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् । अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्नुहुन्छ । “चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन्,” उहाँले भन्नुभयो । 

मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी सङ्घका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् । निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको सङ्ख्या घट्दो छ । 

त्रिचालीस लाख राजस्व सङ्कलन 

जिल्ला ट्राफिक कार्यालयले चालु आवको नौ महिनामा सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकबाट रु ४३ लाख राजस्व सङ्कलन गरेको छ । 

ट्राफिक प्रमुख पदमबहादुर राईकाअनुसार मोटरसाइकलबाट रु १५ लाख तीन हजार, जिप तथा भ्यानबाट रु १४ लाख ३४ हजार, ट्रकबाट रु आठ लाख ५० हजार, ट््याक्टरबाट रु तीन लाख तथा बसबाट रु एक लाख ५३ हजार राजस्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरीले सात हजार ७०० वटा सवारीसाधनका चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । गत आवमा ट्राफिक कार्यालयले रु ५१ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु