पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्य"/>
६ माघ २०८२, सोमबार
पर्बत - PBT

यो कस्तो लापरबाही ? बजारमा अखाद्य बस्तु छ्यापछ्याप्ती

२ असार २०७४, शुक्रबार ०६:२६

पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतका बजार अनुगमन तथा निरिक्षण एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको नेतृत्वमा भएको अनुगमनमा व्यावसायीहरुको लापरवाहिका कारण म्याद नाघेका बस्तुहरु भेटिएका हुन् । सदरमुकामका झण्डै एक दर्जन थोक बिक्रेताको पसलमा गरिएको अनुगमनमा अधिकांस बस्तुहरु म्याद नाघेको पाइएको हो ।

खासगरी कोसेली र स्माईल खाने तेल, दालमोठ, चाउमिन, गोडागुडी, घ्यू, लगायतका बस्तुहरु अखाद्य भेटिएका हुन् । त्यसैगरी मसला, बेसार, चकलेट, मिठाई, बिस्कुटहरु पनि अखाद्य पाइएको छ । व्यावसायीहरुले घरको टाँसीमै सजाएर राखेका बस्तुहरु म्याद नाघेका र कुहिएका भेटिएको हो ।  म्याद नाघेका बस्तुहरुलाई अनुगमन टोलिले जफत गरेको छ । पहिलोपटकका लागि जफत गरेर सचेत बनाइएको र पुन अर्को अनुगमनमा समेत भेटिएमा उपभोक्ता ऐन बमोजिम आवश्यक कारवाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । चाडवाड समेत नजिकिदै जान थालेको र निर्वाचनका कारण लामो समय हुन नसकेको अनुगमन पहिलोपटक बिहीवारदेखि शुरु गरिएको हो ।

अब निरन्तर सदरमुकाम कुश्माबजार, फलेवास, हुवास, पातीचोर, वारीबेनी लगायतका मुख्य व्यापारिक केन्द्रमा अनुगमन गरिने ढकालले बताए । पहिलो चरणमा थोक बिक्रेताको अनुगमन गरिएको र अब खुद्रा, होटल, मासु, दुग्ध डायरी, औषधी पसल, एग्रोभेट, फेन्सी लगायतका प्रकृतिका व्यावसाय पनि क्रमश अनुगमन गरिदै जाने बताइएको छ ।  अनुगमन टोलीमा उपभोक्ता मञ्च,उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । प्रशासनले निकै लामो समयपछि मात्रै बजार अनुगमन गरेको हो । जिल्ला प्रशासनले गोप्य रुपमा ब्यापारीलाई जानकारी नै नदिइकिनै अनुगमन पर्नेमा उद्योग बाणिज्य संघमार्फत सम्बन्धित ब्यापारीलाई सुचना दिएर मात्रै अनुगमन गर्ने गरेको छ । अनुगमन गर्दा त्यष्स्ता अखाद्यय बस्तु भेटिएपनि अहिलेसम्म कारबाही हुने गरेको छैन । राज्यका निकाय कारबाही नगरी मौन बस्दा अखाद्यय बस्तुको बिगबिगी बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या