पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्य"/>
२०८२, १८ चैत्र बुधबार
पर्बत - PBT

यो कस्तो लापरबाही ? बजारमा अखाद्य बस्तु छ्यापछ्याप्ती

२०७४, २ असार शुक्रबार ०६:२६

पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतका बजार अनुगमन तथा निरिक्षण एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको नेतृत्वमा भएको अनुगमनमा व्यावसायीहरुको लापरवाहिका कारण म्याद नाघेका बस्तुहरु भेटिएका हुन् । सदरमुकामका झण्डै एक दर्जन थोक बिक्रेताको पसलमा गरिएको अनुगमनमा अधिकांस बस्तुहरु म्याद नाघेको पाइएको हो ।

खासगरी कोसेली र स्माईल खाने तेल, दालमोठ, चाउमिन, गोडागुडी, घ्यू, लगायतका बस्तुहरु अखाद्य भेटिएका हुन् । त्यसैगरी मसला, बेसार, चकलेट, मिठाई, बिस्कुटहरु पनि अखाद्य पाइएको छ । व्यावसायीहरुले घरको टाँसीमै सजाएर राखेका बस्तुहरु म्याद नाघेका र कुहिएका भेटिएको हो ।  म्याद नाघेका बस्तुहरुलाई अनुगमन टोलिले जफत गरेको छ । पहिलोपटकका लागि जफत गरेर सचेत बनाइएको र पुन अर्को अनुगमनमा समेत भेटिएमा उपभोक्ता ऐन बमोजिम आवश्यक कारवाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । चाडवाड समेत नजिकिदै जान थालेको र निर्वाचनका कारण लामो समय हुन नसकेको अनुगमन पहिलोपटक बिहीवारदेखि शुरु गरिएको हो ।

अब निरन्तर सदरमुकाम कुश्माबजार, फलेवास, हुवास, पातीचोर, वारीबेनी लगायतका मुख्य व्यापारिक केन्द्रमा अनुगमन गरिने ढकालले बताए । पहिलो चरणमा थोक बिक्रेताको अनुगमन गरिएको र अब खुद्रा, होटल, मासु, दुग्ध डायरी, औषधी पसल, एग्रोभेट, फेन्सी लगायतका प्रकृतिका व्यावसाय पनि क्रमश अनुगमन गरिदै जाने बताइएको छ ।  अनुगमन टोलीमा उपभोक्ता मञ्च,उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । प्रशासनले निकै लामो समयपछि मात्रै बजार अनुगमन गरेको हो । जिल्ला प्रशासनले गोप्य रुपमा ब्यापारीलाई जानकारी नै नदिइकिनै अनुगमन पर्नेमा उद्योग बाणिज्य संघमार्फत सम्बन्धित ब्यापारीलाई सुचना दिएर मात्रै अनुगमन गर्ने गरेको छ । अनुगमन गर्दा त्यष्स्ता अखाद्यय बस्तु भेटिएपनि अहिलेसम्म कारबाही हुने गरेको छैन । राज्यका निकाय कारबाही नगरी मौन बस्दा अखाद्यय बस्तुको बिगबिगी बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल