Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ट्रकको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ६, गौशाला । </b>बर्दिवास– ३ पाटुमा सोमबार ट्रकको ठक्करबाट बर्दिवास– ३ बस्ने घनश्याम थापाका छवर्षीय छोरा आदित्यको मृत्यु भएको छ ।&nbsp;<br></p><p>घर नजिकै रहेको एक निजी विद्यालय अगाडि खेलिरहेका बालक अचानक बर्दिवास–सिन्धुली सडकखण्डमा पुगेपछि बर्दिबासबाट सिन्धुली जाँदै गरेको ना ४ख ४२९५ नंको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>बालकको मृत्युपछि आफन्त तथा स्थानीयवासीले बर्दिवास–सिन्धुली सडकखण्ड साँझ ५ बजेदेखि अवरुद्ध गरेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा गए राति ९ बजेदेखि पुनःसञ्चालन भएको जनाइएको छ । &nbsp;</p>