११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरी अस्पतालका डा. सन्तोष राईमाथि ‘कुटपिट’

६ कार्तिक २०८१, मंगलवार १५:०२

इनरुवा | इनरुवास्थित सुनसरी जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि ‘कुटपिट’ भएको छ । डा. राईमाथि कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज भएको भन्दै नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ । साथै, उक्त घटनामा संलग्न दोषीलाई समयमै नियन्त्रणमा लिएकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दछौँ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य संस्थामा हुने गरेका यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आएर स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने संघको भनाइ छ ।

“त्यसैले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन), २०७९’ बमोजिम कानूनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायसमक्ष अनुरोध गर्दछौँ,” संघले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु