२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पिङ खेल्न गएका दुई बालिका बलात्कृत, सशस्त्रका दुई सहायक हवल्दार पक्राउ

८ कार्तिक २०८१, बिहीबार १८:०१

दाङ | दाङको देउखुरी भालुवाङस्थित दुई बालिकामाथि बलात्कारको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्।

असोज २४ गते फूलपातीको दिन पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई भालुवाङस्थित पिङ लगेर बलात्कार गरिएको थियो। स्थानीयले यो घटनाको जानकारी पाएपछि पीडकमाथि कडा कारबाहीको माग गर्दै लगातार आन्दोलन गर्दै आएका छन्। आन्दोलनकारीहरूले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रशासनले तत्काल आरोपितलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ।

सशस्त्र प्रहरी २९ न। ज्वालामाई गणमा कार्यरत उनीहरूविरुद्ध स्थानीयले बुधबार गणलाई नै घेराउ गर्दै विरोध गरेका थिए। घटनाको बारेमा आफन्तहरूले पटक-पटक उजुरी दिए पनि गणका एसपी रमेश थापाले सुनुवाइ नगरेको भन्दै पीडित पक्षले घटना लुकाउन खोजिएको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले आरोपितहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए। घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनमाथि पनि दबाब बढेको छ, र घटनालाई लुकाउने प्रयास भइरहेको भन्दै आन्दोलनकारीले निरन्तर प्रदर्शन जारी राखेका छन्।

यता, बलात्कार जस्तो विषयमा बेवास्ता गरेको भन्दै गणका एसपी थापा विवादमा परेका छन्। उनी सिरहाको एसपी हुँदा पनि विवादमा आएका थिए।

सिरहामा हुँदा उनी चढेको स्कारपियो गाडीले भारतीय भूमिमा भारतीय नागरिकलाई ठक्कर दिएर विवादमा आएका थिए। अहिले पनि आफ्नै कर्मचारीमाथि लागेको आरोपलाई ढाकछोप गर्न लागेर उनी विवादमा परेका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने