महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत"/>
८ माघ २०८२, बुधबार
पर्बत - PBT

चालु आर्थिक बर्षमा महिला तथा बालबालिका कार्यलयले ग¥र्यो यस्ता काम

२३ असार २०७४, शुक्रबार ०९:०४

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यलय पर्बतले चालु आर्थिक बर्षमा ७ सय ५४ वटा परिचय पत्र बितरण गरेको छ । श्रावण एक देखि चालु आर्थिक बर्ष ०७३÷७४ को असार मसान्त अगाबै कार्यलयले अपाङ्गता परिचय पत्र र जेष्ठ नागरिक परिचय पत्र गरि कुल ७ सय ५४ परिचयपत्र बितरण गरेको हो । कार्यलयबाट र गाउँघरमा नै घुम्ती शिबिरको अबसरमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको पहिचान गरि कार्यलयले सेबा प्रदान गरेको हो ।

कार्यलयले श्राबण १ देखि अहिलेसम्म पुरुष १ सय १७ र महिला ९५ गरि कुल २ सय १२ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिसकेको छ । जसमध्ये रातो कार्ड पुरुष १५ महिला १२, निलो कार्ड पुरुष ४६ महिला ३४, पहेलो पुरुष ३८ महिला ३० र सेतो कार्ड पुरुष १८ र महिला १९ रहेका छन् । त्यस्तै जेष्ठ नागरिक परिचय पत्र लिनेमा २ सय ९२ पुरुष र २ सय ५० महिला गरि कुल ५ सय ४२ जना रहेका महिला तथा बालबालिका कार्यलय पर्बतका निमित्त प्रमुख तारादेबि सुनुवारले जानकारी दिनुभयो ।

त्यतिमात्र नभएर कार्यलयले चालु आथर््िाक बर्षमा साबिकका गाबिस तथा हालका ५ वटै गाउँपालिका तथा २ नगरपालिका भित्रका प्रायजसो बडाहरुमा बिभिन्न कार्यक्रम समेत सम्पनन गरेको छ । कार्यलयले बिभिन्न गाबिसहरुमा नयाँ समिति गठन देखि लिएर गाउँघरमा रहेका महिलाहरुलाई नेतृत्व तथा संस्थागत तालिम, पुर्ब सहकारी शिक्षा, लेखापालन तालिम,महिला संस्थाको अबस्थाको बारेमा जानकारी, महिला संस्था गठन, सिप तथ ब्यवसायीक तालिम लगायतका बिभिन्न कार्यक्रमहरु प्रदान गरेको सुनुवारले जानकारी दिनुभयो । साथै कार्यलयले साबिकको बालाकोट गाबिसमा भबन निर्माणको लागि १ लाख अनुदान समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने