२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नियम विपरित योजना बाडेको भन्दै जिल्ला परिषद बैठक बहिस्कार

२०७२, १३ फाल्गुन बिहीबार ०४:४१

सम्राट सिंह/फागुन १३, बझाङ । जिल्ला विकास समितिको बार्षिक निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नका लागी आयोजना गरेको जिल्ला परिषद १० दलले बहिष्कार गरेका छन ।

तीन दलले नियम विपरित योजना छनौट गरेको भन्दै बुधबार संञ्चालन भएको जिल्ला परिषदको दश दलले बहिष्कार गरेका हुन । बहिस्कार गर्नेमा राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा, नेकपा माओवादी विप्लव समुह, नेकपा माओवादी वैद्य समुह, अखण्ड सुदुर पश्चिम पार्टी, नेपाल सदभावना पार्टीलगायत रहेका छन । ति दलका प्रतिनिधीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दैै सबै दल र सरोकारवालाहरु संग छलफल गरी नियमसंगत ढंगबाट योजना तजुर्मा गर्न माग गरेको छ ।

नेपाली काङग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका नेताले जिल्लाको विकास भन्दा पनि कार्यकर्ताको माग पुरा गर्ने गरी रकम विनियोजन गरेकोले जिल्ला परिषद बहिस्कार गरेको राप्रपाका अध्यक्ष विश्वप्रकास जेठाराले बताए ।

लक्षित वर्गको लागी छुट्याउनु पर्ने रकम समेत नियम विपरित अन्य क्षेत्रमा विनियोजन गरिएको तथा खारेज भैसकेका सहकारीहरुको नाममा समेत बजेट हालिएकोले जिल्लाको विकासमा आएको रकमको चरम दुरुपयोग हुन सक्ने आशंका गरेका छन ।

जिल्ला परिषदको उदघाटन सत्रमा बोल्दै नेपाली काँग्रेसका सभापती पृथ्वी बहादुर सिंहले सबै साना दलका नेताले माग गरेका पितर पुज्ने मन्दिर जस्ता योजनामा रकम विनियोजन भइसकेको र जिल्लाको समग्र विकासका लागि विनियोजन भएको बजेट काटेर फेरीसाना दलका योजना थप गर्नुपर्र्ने माग गरेको र सम्बोधन नहुँदा बहिष्कार गरेको बताए ।

साना दलले बहिष्कार गरेपनि जिल्ला परिषद सम्पन्न भएको छ । परिषदमा ठूला तीन दलका नेता र सभासद लाल बहादुर रावल,जनक बुढा र अफिलाल ओखेडा को उपस्थिति रहेको थियो । जसमा प्रमुख अतिथि सभासद लाल बहादुर रावल रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक