१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नियम विपरित योजना बाडेको भन्दै जिल्ला परिषद बैठक बहिस्कार

१३ फाल्गुन २०७२, बिहीबार ०४:४१

सम्राट सिंह/फागुन १३, बझाङ । जिल्ला विकास समितिको बार्षिक निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नका लागी आयोजना गरेको जिल्ला परिषद १० दलले बहिष्कार गरेका छन ।

तीन दलले नियम विपरित योजना छनौट गरेको भन्दै बुधबार संञ्चालन भएको जिल्ला परिषदको दश दलले बहिष्कार गरेका हुन । बहिस्कार गर्नेमा राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा, नेकपा माओवादी विप्लव समुह, नेकपा माओवादी वैद्य समुह, अखण्ड सुदुर पश्चिम पार्टी, नेपाल सदभावना पार्टीलगायत रहेका छन । ति दलका प्रतिनिधीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दैै सबै दल र सरोकारवालाहरु संग छलफल गरी नियमसंगत ढंगबाट योजना तजुर्मा गर्न माग गरेको छ ।

नेपाली काङग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका नेताले जिल्लाको विकास भन्दा पनि कार्यकर्ताको माग पुरा गर्ने गरी रकम विनियोजन गरेकोले जिल्ला परिषद बहिस्कार गरेको राप्रपाका अध्यक्ष विश्वप्रकास जेठाराले बताए ।

लक्षित वर्गको लागी छुट्याउनु पर्ने रकम समेत नियम विपरित अन्य क्षेत्रमा विनियोजन गरिएको तथा खारेज भैसकेका सहकारीहरुको नाममा समेत बजेट हालिएकोले जिल्लाको विकासमा आएको रकमको चरम दुरुपयोग हुन सक्ने आशंका गरेका छन ।

जिल्ला परिषदको उदघाटन सत्रमा बोल्दै नेपाली काँग्रेसका सभापती पृथ्वी बहादुर सिंहले सबै साना दलका नेताले माग गरेका पितर पुज्ने मन्दिर जस्ता योजनामा रकम विनियोजन भइसकेको र जिल्लाको समग्र विकासका लागि विनियोजन भएको बजेट काटेर फेरीसाना दलका योजना थप गर्नुपर्र्ने माग गरेको र सम्बोधन नहुँदा बहिष्कार गरेको बताए ।

साना दलले बहिष्कार गरेपनि जिल्ला परिषद सम्पन्न भएको छ । परिषदमा ठूला तीन दलका नेता र सभासद लाल बहादुर रावल,जनक बुढा र अफिलाल ओखेडा को उपस्थिति रहेको थियो । जसमा प्रमुख अतिथि सभासद लाल बहादुर रावल रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का