२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सरकारी गाडीमा सांसदको सयर

१६ फाल्गुन २०७२, आईतवार ०८:०८

सम्राट सिंह/ फागुन १६, बझाङ ।  जिल्लाका सरकारी कार्यालयका गाडीहरुमा यहाँ स्थित माननिय सांसदहरुको रजाई हुने गरेको छ । काठमाडौमा बस्ने माननिय सांसदहरु काठमाडौबाट बझाङ आउँदा होस या बझाङबाट काठमाडौ जाँदा सधै जिल्लाका सरकारी गाडिहरुको नै उपयोग गर्ने गरेका छन ।

यसरी कार्यालय प्रमुखहरुलाई बाध्यता गरी मनमर्जी गाडि प्रयोग हुँदा पनि यहाँको स्थानिय सरकारले यसलाई नियन्ँत्रण गर्न सकेको छैन ।
जिल्ला स्थित एक सरकारी कार्यालयका प्रमुखले नाम नखुलाउने सत्र्रमा भने माननिय जिल्लामा आउँदा होस वा जाँदा सरकारी गाडिको प्रयोग गर्नु राम्रो कुरा हैन गाडी माननियले लिँदा कार्यालयको कामकाजमा समेत असर पर्ने गरेको उनको भनाइ छ ।

बझाङ जिल्लाका प्रत्यक्ष निर्वाचित माननिय सांसद मान प्रसाद खत्री,लाल बहादुर रावल हुन वा समानुपातीक माननिय सांसद चन्द्रा जोशी,अफिलाल ओखेडा, जनक बुढा लगायत पूर्व मन्त्रीहरु जिल्लामा आउँदा जाँदा उनीहरुसबै सरकारी गाडी नै प्रयोग गर्ने गर्दछन ।
यसरी अनावश्यक रुपमा माननिय सांसद घरायसी काममा होस या अन्य पार्टीको कार्यक्रममा आउँदा जाँदा गाडि डिजेल,चालक भत्ता लगायत अन्य खर्च सरकारी कार्यालय बाटै बेहोर्नु पर्दा सरकारी कार्यालयमा भष्ट्राचार मौलाएको छ । सरकारी गाडिहरु सांसदहरुले आफ्नो निजि गाडी जस्तै प्रयोगगरेका छन् नागरिक समाजका अगुवा धर्मजंगसिंहले भने साँसदका छोराछोरी कार्यकर्ता श्रीमती आवत जावत गर्नु कहाँ लेखिएको छ ।

जिल्लामा कतै दैवि प्रकोप जस्ता समस्या परे गाडीदिन आनाकानी गर्छन उनले भने तर नेताहरुलाई यसरी गाडी दुरुपयोग गर्नु नेताहरुको चाकडी गर्नु जस्तै हो । आइतबार मात्रै निमित्त स्थानिय विकास अधिकारी सुर्य प्रकाश गौतम कार्यालय छोडेर जिविसको गाडिमा सांसद लाल बहादुर रावल र अफिलाल ओखेडालाई बोकेर धनगढी गएका छन ।

जिल्लामा आउँदा जाँदा प्रायजसो जिल्ला विकास, नगरपालिका, कृषि, शिक्षा, खानेपानी, सिचाँई, निर्वाचन लगायतका गाडीहरु नेताहरुले प्रयोग गर्ने गरेका र यसबर्ष मात्रै माननिय सांसदहरुले दश पटक भन्दा बढी आउन जान सरकारी प्रयोग गरिसकेका छन । कार्यालय प्रमुखहरुको गोष्ठी समारोह भएको अवसर पारेर सो समयमा माननिय हरु आउने जाने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल