२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा भाइरल ज्वरोले हजारौ बिरामी

१७ फाल्गुन २०७२, सोमबार १०:३२

सम्राट सिंह/ फागुन १७, बझाङ । एक महिना अगाडि जिल्लाका केही गाविसहरुमा फाटफुट देखा परेको भाइरल ज्वरो अन्य गाविसमा फैलिदा हजारौ बिरामी परेका परेका छन ।

मौसम परिवर्तन सँगै फैलिएको भाइरल ज्वरोका कारण जयपृथ्वी नगरपालिका केही वडाहरुमा र दाँतोला, काँडा, रिलु, मष्टा, धमेना, भातेखोला, पाराकाट्ने, दंगार्जी, सुनिकोट, कैलास, कोटदेवल, देउलेक, स्याडी लगायतका झण्डै २५ गाविसका झण्डै ४ हजार भन्दा बढी बासिन्दाहरु भाइरल ज्वरोका कारण थला परेका हुन ।

bajhang news - sajha sabal

स्वास्थ्य संस्थामा औषधि नपाए पछि कोटदेवल गाविसबाट ९ जना भाइरल ज्वरोका बिरामी उपचारका लागि सदरमुकाम चैनपुर आएका छौ भाइरल ज्वरोकी बिरामी सरिता बोहराले बताइन् । सरकारले स्वास्थ्य चौकीहरुमा पनि औषधि पठाइ दिएको भए उपचारका लागि ३÷४ घण्टा हिँडेर सदरमुकाम धाउनुपर्ने थिएन उनले थपिन् ।
गाउँ घरका स्वास्थ्य चौकीहरुमा औषधि नपाइए पछि भाइरल ज्वरोका बिरामी विकट गाविसबाट दुई तिन दिन हिडेर सदरमुकामका स्वास्थ्य संस्था र मेडिकलहरुमा आउने गरेका छन । शुरुमा जोर्नी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षणहरु देखा पर्ने गरेको भाइरल ज्वरोका बिरामीको भनाइ छ ।

bajhang news -sajha sabal news
जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहँदा जिल्लाका विकट गाविसमा संञ्चालित स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य चौकीहरुमा सिटामोल बाहेक अन्य औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्जहरुले बताएका छन ।
भाइरल ज्वरोले अधिकांस बाल बालिका र बृद्घहरु ग्रसित भएका छन । उपचारका लागि दैनिक पन्ध्र÷बिस जना भाइरल ज्वरोका बिरामी जिल्ला अस्पताल आउने गरेको र भाइरल ज्वरोले थला परेका ८ जनालाई भर्ना गरी उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर पुर्ण घर्तीले बताए । उनले भने मौसम परिवर्तन हुने बेला भाइरल ज्वरोको प्रकोप देखिएको हो ।

जिल्ला अस्पताल बझाङको औषधि ढुवानीको ठेक्का पुस महिनामा नै स्विकृती भएतापनि ठेकदारले हालसम्म पनि औषधि नल्याउँदा औषधिको अभाव भएको हो । यसरी विकट हिमाली जिल्ला बझाङमा औषधि अभाव हुँदा पनि सरोकारवालाहरुको भने ध्यान जान सकेको छैन ।
फोटो क्याप्सन : जिल्ला अस्पताल बझाङमा उपचार गराउदै भाइरल ज्वरोका बिरामी/ तस्बीर: सम्राट सिंह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म