असार २९, कपिलवस्तु । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, कपिलवस्तु । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघ"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राष्ट्रपतिको चरित्र हत्या गर्ने सुनार पक्राउ

२०७४, २९ असार बिहीबार ०६:०२


असार २९, कपिलवस्तु । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघोषित पत्रकार तौलिहवावाट पक्राउ परेका छन् । 

सोनुकुमार सुनार नाम गरेका हुदा मोडल रेडियो तौलिहवाका एक स्वघोषित पत्रकारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन भन्दा वाहिरवाटै बुधवार साँझ नियन्त्रणमा लिएको हो । 

प्रहरी उपरिक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको वताउनु भयो । कक्षा ८ मात्र पढेका कारण नेपाल पत्रकार महासंघको सदस्यता समेत पाउन नसकेका  प्राविधिक कर्मचारीले पछिल्लो समयमा आफुलाई सो रेडियोको मेनेजर भएको दावि गर्दै आएका थिए ।

पक्राउ परेका सुनार प्यूठानका बासिन्दा हुन् । प्यूठानवाट कपिलवस्तुमा आएपछि उनले रेडियो प्राविधिक संगै पत्रकारीता पेशामा संलग्न रहेको उनलाई नजिकवाट जान्नेहरु वताउछन्। 

पछिल्लो पटक राष्ट्रपतिलाई तथानाम गाली गलौज गर्ने र ब्यक्तिगत चरित्र हत्या गर्नेगरी स्टाटस लेखेपछि पक्राउ परेका सुनारले केहिदिन अघि प्रचण्डका आँखा झिकेर तेलमा फ्राईगरेर खान मन लागेको र केपि ओलीलाई हत्या गर्न मन लागेको जस्ता स्टाटस लेखेका थिए ।

शिवरात्रीको बेलामा नाङ्गा  साधुको तस्बीर राखेर समग्र महिलाले उनकै लिङ्गको जल खानुपर्ने स्टाटस लेखेका थिए । उनले लेखेका स्टाटसहरुले पत्रकार जगतकै बदनाम गराएको भन्दै पत्रकारका नाममा गलत गर्नेहरु माथि कारवाही हुनुपर्ने नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले वताउनु भयो।नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डेले पत्रकार नामका कलंकलाई कडा कारवाही गर्न माग गर्नु भयो ।

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ । 

नेपालमा प्रहरीले साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ। उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने दफा हो। 

यस दफाले कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ । 

यता पक्राउपरेका सुनारलाई कडा कारवाहीको माग गर्दै बीहिवार अधिकारकर्मीहरुले प्रशासनलाई ज्ञापनपत्र बुझाउने तैयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह