सम्राट सिंह, चैत्र २६, बझाङ / मेलविसौना प्रहरी चौकी तल्कोटकोे भवन र्निमाणको जिम्मा पाएका ठेकदार ओमजंग बहादुर सिंहले भवन बनाएको पाँच वर्ष वितिसक्दा पनि थपकाम गरेको रकम पाएको छैन ।
जागेती जनकल्याण जेभीका प्रतिनिधी रहेका सिंहले चौकी र्निमाणको भवन, भान्सा शौचालय र व्यारेक बनाएको रकम बुझिलिएपनि थपकाम गरेको भ्याट बाहेक ८ लाख ६६ हजार १ सय रकम अझै पाएका छैनन् । शान्ति तथा पुन र्निमाण मन्त्रालय वाट २०६७ सालमा भवनको ठेक्का भएको थियो ।
ठेक्कामा सम्झौता अनुसार मैले सवैकाम ठिक समयमा गरेको हुँ ठेकदार ओमजंग बहादुर सिहले भने तर पछि व्याक वाल र्निमाणका लागी थपकाम अफिस वाट गर्न लगायो तर हाल सम्म रकम दिएन ।
प्राविधिक ओम प्रकाश शर्माले ठेकदार लाइ थप काम गर्न जिम्मा दिएका थिए । शर्मा ईन्जिनिएरले ठेक्काकै रकम वाट म थप रकम मिलाइ दिन्छु काम गर्नु होस भनेर उनलाइ थपकाम दिएका थिए ।
मन्त्रालय वाट ५९ लाख ९५ हजार ८ सय बजेटमा निर्माण कार्य गरेको प्राविधिक मुल्याड्कन भएर फाइल अगाडी सम्बन्धित ठाउँमा समेत पठाईएको बुझिएको छ ।
ठेकदारले थप निर्माण कार्य गरेको भुक्तानी लिन मन्त्रालयमा नै सम्पर्क गर्नुपर्ने प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए ।