८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छानामा आगोको राँको बालेर सर्बसाधारणले साउने सक्रान्ती मनाए

१ श्रावण २०७४, आईतवार १६:२०


टेक शाही/साउन १, डोल्पा । तल्लो डोल्पाका स्थानियहरुले छतमा आगोको राँको बालेर साउने सक्रान्ती मनाए । 

सल्लाको दियालोले छतका कुना कुनामा आगोको राँको बालेर साउने सक्रान्ती मनाउदै लुतो फालेका छन । दियालो बालेर लुतो फाल्ने प्रचलन तल्लो डोल्पाका सबै गाँउहरुमा रहेको पाइन्छ । तर त्रिपूराकोट नगरपालिकाको साबिकको पाहाडा गाबिसको शेरगाँउ र भोटगाँउमा भने यो दियालोको राँको  बालेर साउने मनाइदैन । त्यसका साथै मथिल्लो डोल्पाका कुनै पनि बस्तिका मानिसले यो पर्व मनाउदैनन । 


साउने सक्रान्तीको दिनमा साँझ पख दियालोको राँको बालेर लुतो फाल्ने प्रतलन तल्लो डोल्पाका मुड्केचुला गाँउपालिका,जगदुल्ला गाँउपालिका,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलिभेरि नगरपालिका र काईको गाँउ पालिकाका सबै गाँउहरुमा रहेको पाइन्छ । एक गाँउका मानिसले अर्को गाँउका मानिसलाइ गालि गर्दै आगोको राँकोहरु फाल्ने र त्यसैलाइ लुतो फालिएको अर्थात साउने बिशेष चाड मनाइएको मान्ने चलन डोल्पामा रहेको छ । 

डोल्पा अन्य पूराना परम्परागत चाडवाडहरु लोप हुदै गए पनि साउनेमा राँको बालेर लुतो फान्ले पर्वले भने हाल सम्म पनि प्राथमिकता पाएको नागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताउनुभयो । अबका दिनमा छतमा धेरै राको बाल्ने भन्दा पनि एक ठाँउमा मात्र बालेर लुतो फाल्नु राम्रो हुने जमाना परिवर्तन सँगै परम्परालाइ बचाइ राखि केहि हत सम्म न्यूनिकारण गरेमा बातावरणिय असरको कमी हुने पनि ढकालले बताउनु भयो । 


तल्लो डोल्पाका सबै गाँउहरुमा प्रत्यक घरका छतमा दियालोको राँको बालेर ल्ुतो फाल्ने गरिन्छ । त्यहि छतमा बिचमा ठुलो राँको बालिन्छ र छेउमा कुखरा र बोकाहरुको बलि दिने प्रचलन पनि रहेको छ ।  यसरि बलि दिदा घरपरिवारलाइ पुण्य हुने र घरपरिवारका ग्रह्दशा नष्ट भइ सकारात्मक र राम्रा कामको शुभारम्भ हुने परम्पारगत मान्यता रहेको छ । 

आइतबार डोल्पाको सदरमुकाम दुनैमा पनि भब्य रुपमा छतमा राँको बालेर साउने मनाउदै लुतो फालेका छन । बर्ष भरिका द्ुख कष्टहरु नष्ट गर्ने दुष्मनलाइ परास्त गरि सुखका दिनको शुभारम्भ गर्ने पर्वका रुपमा लिने गरिएको गाँउका बुढापाकाहरुले बताउछन । श्रावणको १ गते साउने सक्रान्तीलाइ कर्कट सक्रान्तीको रुपमा पनि मनाउने गरिनछ । 


सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रबेश गर्ने भएकाले श्रावणको १ गतेलाइ साउने सक्रान्तीको रुपमा मनाइन्छ । माघ १ गते मक्रसक्रान्तिका देखि देखि सूर्यले उत्तरतर्फको यात्रा गर्ने र सूर्यले आजैका दिन देखि दक्षिणको यात्रा गर्ने भएकोले यस सक्रान्तीलाइ दक्षिणायन कर्कट सक्रान्ती पनि भन्ने धार्मिक मान्यता रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता