डिवि विष्ट, चैत्र २८, बझाङ / बझाङमा २८ घन्टा पछि टेलिफोन सेवा सुचारु भएको छ । २७ गते विहान ७ बजे केदारमा राखीएको नेपाल टेलीकमको टावारमा चट्टयाङ पर्दा ट्राईस्टार पावरमा खराबी आई जिल्लाको सम्पुर्ण टेली फोन सेवा बन्द भएको थियो ।
ट्राईस्टार पावरमा खराबि आए पछि २७ गते विहान ७ बजे देखी २८ गते विहान ११ बजे सम्म जिल्लाको स्काई, नमस्ते, लेनलाईन सबै टेलीफोन सेवा बन्द भएको हो ।
आज ट्राईस्टार पावर अर्को परिवर्तन गरे पछि आज विहान ११ बजे २८ घन्टा पछि टेलीफोन सेवा सन्चालनमा आएको नेपाल टेलीकम शाखा कार्यलय बझाङले जनाएको छ ।