३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङद्धारा प्रेस विज्ञप्ती र ध्यान आकर्षण पत्र सिहँदरबार पठाईयो

८ बैशाख २०७३, बुधबार १३:१२

डिवि विष्ट, बैशाख ८, बझाङ । नेपाल निजामति कर्मचारी युनियन (संघ) बझाङले आज प्रेस  विज्ञप्ती र ध्यान आकर्सण पत्र प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी मार्फत सम्माननिय प्रधान मन्त्रि तथा मन्त्रि परिसदको कार्यलयका सिहँ दरबारमा पठाएको छ ।

राष्ट्र सेवा निष्पक्षता तठस्थता र कर्मचारी एकता भन्ने मुल नाराका साथ आज जिल्ला कार्य समीतीका पदाधिकारीहरु र नेपाल निजामति कर्मचारी युनियनमा आबद्ध ब्याक्तीहरुले प्रेस  विज्ञप्ती र ध्यान आकर्षण पत्र सम्बन्धित निकायलाई बुझाएको जिल्ला कार्य समीतीका अध्यक्ष रमेश बहादुर रोकायाले बताउनु भयो ।

निजामति सेवा भित्र कार्यरत निजामति कर्मचारीहरुको समग्र पेशागत हक र वृतिविकासका विभिन्न पक्षमा ब्यावस्थापन संग सामुहीक सौता बाजी गरी निजामति कर्मचारीका पेशागत माग लाई स्थापित गर्ने प्रयोजनका लागी निजामति सेवामा आधिकारीक ट्रेड  युनियनको सुरुवात ६३ / ६३ को लो तान्त्रिक आन्दोलनले स्थापित गरेको उपलब्धी पश्चात निजामती सेवा ऐन २०४९ को संसोधन द्धारा प्राप्त भएको हो ।

निजामती सेवा ऐन २०४९ दफा ५३(३) र नियमावलीको नियम ११७(क) बमोजिम निजामती कर्मचारीहरुले आधिकारीक ट्रेड  युनियनको निर्वाचनमा सहभागि भै आफुले आफुले रोजेको ट्रेड युनियन लाई छनौट गर्ने कानुनि अधिकार समेत सृजना गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) निजामती सेवालाई सक्षम , सवल, गतिशिल र राजनैतिक रुपमा तटस्थ हुन पर्दछ भन्ने मान्यताका साथ निजामति सेवामा आधिकारीकट्रेड  युनियनको निर्वाचनको माग अविचलीत रुपमा उठाउँदै आएको र निजामति सेवामा अमक ट्रेड युनियनले जित्ने वा हार्ने भन्दा पनि निजामति सेवामा आधिकारीक ट्रेड  युनियनको निर्वाचन मार्फत निजामती सेवामा असफल ट्रेड  युनियनसंस्कार बसाल्न चाहाने कुरा विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाल सरकारले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पहीलो पटक २०७२ चैत्र २८ गते आधिकारीक ट्रेड  युनियनको निर्वाचन गर्ने गरी मीति घोषणा गर्नुका साथै प्रमुख निर्वाचन अधिकृतको समेत नियुक्ती गरेको तर सरकार आफैले घोषणा गरेको उक्त तोकीएको मितीमा निर्वाचन सम्पन्न नगराइृ २०७३ बैशाख १० कार्यलयले उम्मेद्धारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकासन लगायतका निर्वाचन सम्पनन गर्ने प्रयोजनका लागी आवस्यक पर्ने सम्पुर्ण तयारी पुरा गरी सकेको अवस्थामा केही ट्रेड  युनियनकाहरुको चरम दबाबमा मन्त्रिपरिसद्को निर्णय अनुसार अर्को मीती २०७३ जेष्ठ १९ गते तय गरीएको निर्णय प्रति असन्तुष्ट हुदै सरकारको ध्यान आकर्षण गर्न पे्रश विज्ञप्ती जारी गरेको समीतीले जनाएको छ ।

साथै तोकीएको पुर्ववत मितीमा नै निर्वाचन सम्पन्न गर्न समेत जोडदार माग गरेको पुर्व केन्द्रिय सदस्य पुर्ण बहादुर खड्काले बताउनु भयो । प्रेस  विज्ञप्ती र ध्यान आकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले आफु उक्त विज्ञप्ती सम्बन्धित निकायमा आज नै पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’