३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एक महिना बितिसक्दा समेत प्रशासनले पठाएको पत्रको जवाफ आएन

९ बैशाख २०७३, बिहीबार ०९:५७

सम्राट सिंह/बैशाख ९, बझाङ । ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप बारे जिल्ला प्रशासन कार्यालय बझाङले पठाएको पत्रको करिब एक महिना बितिसक्दा समेत जवाफ आएको छैन ।

करिब एक महिना अगाडि प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा एक व्यापारीलाई दिएको आरोप बारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बझाङले प्रतिक्रिया पठाउन जिल्ला शिक्षा कार्यालय बझाङलाई पत्र लेखेको हो ।

जिल्ला शिक्षाका प्राविधिक उत्तम बहादुर सिंह र लोक राज उपाध्यायले कमिसन लिएर हरिओम ट्रेड एण्ड सप्लायर्स लाई निर्माणको जिम्मा दिएको आरोप बारे विभिन्न संञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले पत्र लेखेको थियो ।

प्राविधिकले विभिन्न विद्यालयहरुका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अर्को ठाउँमा बनाएको भवन पास नगर्ने भन्दै दवाब दिएपछि जिल्लाका झण्डै २० विद्यालयहरुले ट्रस भवन निर्माणको जिम्मा हरिओम ट्रेड एण्ड सप्लायर्सलाई दिएको आरोप लागेको छ ।

विद्यालयका भवन तथा अन्य भौतिक निर्माणका कार्यहरु टेन्डर अथवा कोटेसन मागेर निर्माण गर्नुको सट्टा सिधै हरिओम ट्रेड एण्ड सप्लायर्स सँग सम्झौता गरी ट्रस भवन निर्माण गरेको भन्दै स्थानिय व्यापारीले समेत आपत्ती जनाएका थिए ।

सप्लायर्स सँग ट्रस मात्र निर्माण गर्न २ कोठेको ४ लाख ८५ हजार र ३ कोठेको ६ लाख ८० हजार रकममा जिम्मा दिएको जनाएको छ । ग्रील उद्योग नै नभएको सप्लायर्सलाई ट्रस भवन निर्माणको जिम्मा दिएपछि यस कार्यको आलोचना भएको बुझिएको छ । आफुसँग ग्रील उद्योग नभएपछि हरिओम ट्रेड एण्ड सप्लायर्सले पनि २ कोठे भवनको ३ लाख ४० हजार र ३ कोठे भवनको ५ लाख १० हजार रकममा स्थानिय राजेश ग्रील उद्योगलाई निर्माणको जिम्मा दिएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट यस बर्ष १८ वटा ३ कोठे र १० वटा २ कोठे गरी जम्मा २८ वटा स्टिल ट्रस भवन निर्माण हुन थालेका छन । ३ कोठे भवन निर्माणको कूल लागत १९ लाख ५० हजार रहेको छ भने २ कोेठे भवन निर्माणको लागत १३ लाख ५० हजार रहेको छ ।

विभिन्न संञ्चार माध्यममा ट्रस भवन निर्माणमा कमिसनको चलखेल भएको आरोप प्रकाशित भएको हुँदा यसको अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालयलाई लेखेको पत्रको जवाफ हाल सम्म पनि नआएको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । एसएलसी परिक्षाले गर्दा पत्रको जवाफ आउन ढिलो भएको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’