२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा वास्तविक द्धन्द पिडितले अझै राहत पाएनन्

२०७२, ७ आश्विन बिहीबार १०:४४

प्रकास बम । असोज ७, डोटी । डोटीमा वास्तविक द्धन्द पिडितले अझै राहत नपाएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपालमा संक्रमण कालिन न्याय पीडितका अधिकार सम्बन्धि सिलगढीमा बुधवार गरीएको छलफल कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।

पहुँचका आधारमा राहत वितरण नभएर वास्तविक आधारमा राहत वितरण गर्नु पर्ने कार्यक्रमका सहभागिहरुले गुनासो गरेका थिए । अहिले सम्म २५ प्रतिशत द्धन्द पिडितले मात्र राहत पाएको शान्ति समिति डोटीले जनाएको छ । एक हजार २ सय ५ जना द्धन्द पिडित मध्ये ३ सय ११ जनाले मात्र राहत पाएको शान्ति समितिका सचिव सुरेन्द्र भट्टले बताउनु भयो । राज्य पक्षले अझै पनि द्धन्द पिडितका समस्या बुझ्न नसकेको द्धन्द पिडित साझा चौतारीका महासचिव राम कुमार भण्डारीले बताउनु भयो ।

स्थानिय सरोकावालाले द्धन्द पिडितलाई संरक्षण गर्नु पर्ने समेत महासचिव भण्डारीले बताउनु भयो । द्धन्द पिडित साझा चौतारी तथा संक्रमण कालिन न्यायका लागि अन्तराष्ट्यि केन्द्रको सहयोगमा गरीएको कार्यक्रममा सरोकारवालहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन द्धन्द पिडित साझा चौतारीका सहजकर्ता भरत बोहराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक