मो. इमरान खान/साउन ८, कपिलबस्तु । कपिलबस्तु जिल्ला शिक्षा कार्यलयको बार्षिक प्रगति समिक्षा बैठक साउन ७ गते सम्पन्न भएको छ ।  

जिल्लमा रहेका १६० स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो. इमरान खान/साउन ८, कपिलबस्तु । कपिलबस्तु जिल्ला शिक्षा कार्यलयको बार्षिक प्रगति समिक्षा बैठक साउन ७ गते सम्पन्न भएको छ ।  

जिल्लमा रहेका १६० स"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा शैक्षिक स्तर खस्किदो, एक शिक्षकलाई ६५ बिद्यार्थी

९ श्रावण २०७४, सोमबार ११:०१


मो. इमरान खान/साउन ८, कपिलबस्तु । कपिलबस्तु जिल्ला शिक्षा कार्यलयको बार्षिक प्रगति समिक्षा बैठक साउन ७ गते सम्पन्न भएको छ ।  

जिल्लमा रहेका १६० सस्थागत, ४३१ सामुदायिक ५२८ बालबिकास केन्द्र १९० मदरसाको तथ्याङक अनुसार यो बर्ष शौक्षिक सिकाइ ५१ प्रतिशत रहेको र कूल बिद्यार्थी  मध्ये अहिले छात्राको सख्या छात्रभन्दा १ प्रतिशत बढी रहेको तथ्याङक  सार्वजनिक गरेको छ । 

पछिल्लो समय कपिलबस्तुमा बिद्यालय भर्ना दर पनि बढ्न सफल भएको, आधारभूत कक्षा तर्फ १ देखि ५ सम्म ९७ प्रतिसत बिद्यार्थी भर्ना भएका छन भने १ देखि ८ सम्म भर्ना हुने को सख्यां ८८ प्रतिशत रहेको छ । 

जुन तथ्याकंमा दर्ता बिना सञ्चालन भएका तथा नेपालमा घर भई  भारतमा पढ्नेको सख्या नभएकोले पनि भर्ना १०० प्रतिशतको नजिक पुग्न सकेको जिल्ला शिक्षा कार्यलयका निमित्त कार्यकारी अधिकृत थानेश्बर ज्ञवालीले बताएका छन । 

अहिले जिल्लामा आबश्यकता अनुसारको दरबन्दी  पुर्तिगर्न नसकिएको र एउटा शिक्षकले ६५ जना बिद्यार्थीलाई पढाउनु पर्ने अबस्था रहेकोले पनि जिल्लामा शौक्षिक स्तर माथी उठन सकेको छैन । 

जिल्लामा एक शिक्षकले ५० जना बिद्यार्थी मात्रैका आधारमा गर्ने हो भने पनि अझै ६६२ जनाको शिक्षक दरबन्दी आवश्यक रहेको ज्ञवालीले बताए  । अहिले कपिलबस्तुमा प्रा. बि. मा. १ शिक्षक बराबर ६२ र निमाबीमा १ शिक्षक अनुसार १०५ जना बिद्याथी पर्ने भएकोले पनि शिक्षामा उल्लेखनीय प्रगति हुन नसकेको बताइएको छ । कपिलबस्तुमा साबिकका १५ गाबिस पूर्ण साक्षर घोषणा भैइसकेका छन भने बुद्धभूमी नगरपालिका हुने तयारीमा रहेको छ । त्यहाँ १५ देखि ६० बर्षका ९० प्रतिशत  साक्षर रहेको जनाइएको छ  । 

बार्षिक प्रगति समीक्षा अनुसार गत बर्षको तुलनामा शौक्षिक पहँच बढेको, सिकाइ उपलब्धीमूलक भएको जिल्लाका मदरसा हरु ब्यबस्थित भएको तथ्याङकमा  सार्बजनिक  गरिएको छ । बिद्यालय बाल–मैत्री हुने क्रम जारी रहेको र अहिलेसम्म ६० प्रतिशत बिद्यालय बाल–मैत्री रहेको त्यसमा उल्लख छ । जिल्लामा ५५ वटा बिद्यालयमा १ देखि ३ सम्म अग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएका छन । 

अझै पनि जिल्लाका साबिक २३ गाबिसमा माबि समेत रहेका छैनन । यस जिल्लामा गत आर्थिक बर्षमा बिद्यालय क्षेत्र बिकास तर्फ ५४ करोड ६३ लाख मध्ये ६ करोड ५० लाख फ्रिज भएको छ । 

दिवा खाजा तर्फ ९८ लाख फ्रिज भएको छ द्वन्द्व पीडित छात्रा वृद्धि तर्फ ६ लाख बजेट फ्रिज भएको छ ।  कपिलबस्तुमा भर्ना प्रतिशत धेरै भए पनि उपस्पथति भने ५० प्रतिशत मात्र हुने गरेको छ । साथै पढाइको स्तर पनि पछाडि पर्ने गरेको छ । 

यस बर्षको ‘ एसइ इ’को परीक्षा मा १.६ जि.पि.ए. नल्याउने बिद्यार्थी गत बर्षको ४० प्रतिशतको तुलनामा यो बर्ष ३४ प्रतिशत मा झरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता