2026-10-13 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बलात्कारपछि १२ वर्षीया बालिका गर्भवती, ४५ वर्षीय पुरुषविरुद्ध उजुरी

काठमाडौँ | भारतमा रोजगारीमा रहेका आमाबुवासँगै रहेकी १२ वर्षीया एक बालिका बलात्कारबाट गर्भवती भएको खुलेको छ । सात महिनाअघि भारतको सुरतमा बालिकालाई बलात्कार भएर बच्चा पेटमा रहेको बताइएको छ ।

भारतबाट बालिकासहित अछाम घर फर्केपछि पेट बढ्दै गएपछि आफन्तले बुझ्दा बलात्कार भएको र बच्चा रहेको खुलेको हो । भारतमै रहेका बेलामा बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा आफन्त नाता लाग्ने करिब ४५ वर्षीय एक पुरुषका विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा पीडित पक्षले उजुरी गरेको छ । आरोपी पुरुषको समेत विवरण गोप्य राखिएको छ ।

‘घटना उता इन्डियामा घटना भएको भन्ने आएको छ । अहिले जबरजस्ती करणीको उजुरी परेर घटनाको अनुसन्धान भइरहेको छ’ अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भन्नुभयो ।

बालिकाका आफन्तले उजुरी दिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्नलाई पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको अछाम प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । बालिकालाई थप उपचार र परीक्षणका लागि बालिकालाई जिल्ला बाहिरको एक ओसिएमसीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश