2026-09-12 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुईवटा एम्बुलेन्स महिनौँदेखि कवाडी अवस्थामा

साउन १३, महोत्तरी । प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई एम्बुलेन्स सेवा सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् । 

सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा २०६५ सालमा युएनएफडिपिएबाट ज १ झ ३५९ नंको एम्बुलेन्स प्राप्त भएको थियो तर उचित व्यवस्थापन हुन नसक्दा तीनवर्ष नबित्दै अस्पतालको कुनामा थन्कियो । 

युएनएफडिपिएबाट प्राप्त सुविधासम्पन्न एम्बुलेन्स अस्पतालमा थन्किएपछि भारत सरकारको सहयोगमा २०६८ सालमा सम्सी अस्पतालमा ज १ च ६२६ नंको एम्बुलेन्स अनुदानमा आएको थियो । भारत सरकारको सहयोगमा सम्सी अस्पतालमा आएको एम्बुलेन्स पनि धेरै दिन चल्न सकेन । 

अस्पतालको कुनामा थन्केको युएनएफडिपिएबाट प्राप्त एम्बुलेन्ससँगै भारतको सहयोगमा उपलब्ध एम्बुलेन्स पनि थन्कियो । लामो समयसम्म मर्मत नभएर अस्पतालमा थन्केका लाखौँ मूल्यका दुवै एम्बुलेन्स कवाडीमा परिणत भएको हो । सम्सी स्वास्थ्य केन्द्रमा रहेका दुईवटा एम्बुलेन्स मर्मतको अभावमा कवाडी अवस्थामा परिसरको कुनामा अलपत्र परेपछि स्थानीयवासी मारमा परेका छन् । 

लाखौँ मूल्यको एम्बुलेन्स हजार दुई हजार खर्चको अभावमा मर्मत हुन नसक्दा कवाडीमा परिणत भएको अस्पतालका इन्चार्ज शिवकैलाश साहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा एम्बुलेन्स विषयमा जानकारी गराउँदा कुनै चासो नदिएको अस्पतालका इन्चार्ज साहले बताउनुभयो । एम्बुलेन्स अभावमा इमरजेन्सी भएका बिरामीले गाउँबाट आफैँले ल्याएको जीपमार्फत उपचारका लागि बाहिर लाने गरेको इन्चार्ज साहले बताउनुभयो । 

यता प्राथामिक स्वास्थ्य केन्द्र सम्सीको अस्पताल विकास समितिको लापरबाहीका कारण एम्बुलेन्स अस्पतालमा अलपत्र परेको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले बताउनुभयो । अस्पताल विकास समितिलाई एम्बुलेन्स विषयमा जवाफ माग्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक महिनाअघि पत्र पठाएपनि जवाफ नआएको प्रमुख यादवले बताउनुभयो । 

जिल्लामा ४ वर्षदेखि एम्बुलेन्स सञ्चालन समितिको बैठक नहँुदा राजनीतिक पहुँचको अधारमा एम्बुलेन्स अनुदानमा लिएर कतै अलपत्र, कतै दुरुपयोग हुने गरेको प्रमुख यादवले बताउनुभयो । बिरामी उपचारका लागि २०५५ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र, सम्सी पछिल्लो समयमा आएर कुशल व्यवस्थापकको अभावका कारण लथालिङ्ग बन्दै गएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता