पढ्न करिब 3 मिनेट लाग्छ

टेक शाही/साउन १३, डोल्पा । बिदाको दिनमा स्याउ बेचेर स्कुले जोहो गर्दैछन डोल्पाका बालबालिका । बिभिन्न बिदाको अबसरलाइ प्रयोग गरि दुनै बजारमा स्याउ बेच्न सदरमुकाम आसपासका बालबालिकाहरुले स्कुले जोहो गरि रहेका छन ।

सदरमुकाम दुनै देखि २ घण्टाको दुरिमा रहेको लोचा गाँउबाट आधा दर्जन भन्दा धेरै बालबालिकाहरु पछ्यौरा भरि स्याउ ल्याएर बजारमा सड्कको पेटिमा राखि बेच्न लागका भेटिन्छन ।

मनमा प्राथमिक बिद्यालय कुम्लीमा कक्षा ५ मा पढ्ने ११ बर्षिया सूनीता रोकायाले प्रति वटा स्याउकोे ५ रुपैयाका दरले बेच्न बिहान देखि बसेको बताइन । धेरै स्याउ ल्याएको थिए अब सकिन लागी सके ३ सय रुपैयाको स्याउ बेचे मैले सुनिता पैसम गन्दै खुसि ब्यक्त गर्दै थिइन ।

अरु बेलामा बिद्यालय जानु पर्ने र बिदाको दिनमा स्याउ बेचेर आएको पैसाले साँझ घर फर्किदा कापि र कलम किनेर लैजाने बचेको पैसा आमा बाबालाइ दिने सुनिताले बताइन । उनले भनिन बजार पनि आउन पाइने पैसा पनि कमाइने स्कुलको लागि कापि कलम पनि हुने रमाइलो लाग्छ खुसि हुदै भनिन ।

धेरै साथिहरु मिलेर आउछौ स्याउ बेचेर घरमा चाहिने सामान किनेर लिन्छौ आमा बाबा खुसि हुनुहुन्छ १० बर्षिय रितु भण्डारिले सुनाइन । भण्डारि भन्छिन साथीहरु मिलेर बजारमा स्याउ र आरु बेचन रमाइलो हुन्छ तर यो हाम्रो बाध्यता पनि हो ? उनको अनुहार मलिन हुन्छ ।

सानासाना बालिबालिका भएर होला जम्मा ५ रुपैयाको स्याउ पनि किन्न महगो भयो भन्छन । हाम्रो पिडा कस्ले बुझि दिन्छ २ घण्टाको जँगल,खोला,उकालि र ओराली गर्दै कापि कलमको जोहोको लागि स्याउ बेचेको भण्डारि दुखेसो पोख्छीन ।

बिहान बेलुकी घर दन्दा पनि गर्नु पर्छ दिउसो स्कुल जान्छौ हामी बाबा आमा सँग पैसा हुदैन माग्न डर लाग्छ कापि कलम नभए सरले गालि गर्नु हुन्छ पिट्नु हुन्छ अनि स्याउ,आरु र अन्य फलफुल बेचेर कापि कलमको गुजारा चलाउनको लागि बाबा आमा सँग मागि राख्न पर्दैन ९ बर्षे सुसिला रोकायाले बताइन ।

शुसिलाले भनिन पढ्नको लागि हामीसँग पैसा छैन स्याउ जस्ता फलफुलको सिजन हाम्रो लागि सुनौलो अबसर हो भने । हामी त छोरि मान्छे बल्ल बल्ल पढ्ना पाएका छौ अनि आफु पढ्नको लागि पनि यो नै सबै भन्दा राम्रो स्कुले जोहो भएको छ ।

हिउदको समयमा बिद्यालय पनि बन्द हुन्छ आजभोलीको समय त हाम्रो लागि खुबै राम्रो हुन्छ । स्याउ बेच्न आएकाको सबै हाँस्दै भन्छन । शनिबार कहिले आउछ भनेर दिन गन्छौ बेलाबेलामा परेको बिदा त हाम्रा लागि खुब रमाइलो दिन हुन्छ पैसा पनि बजार घुमेर रमाइलो पनि खुबै रमाएका बस्छन सबै । यसरि तरकारि देखि फलफुल बेचेर स्कुले जोहो गर्ने बालबालिकाको सँख्या दर्जनौ रहेको छ ।

प्रभाबकारि शिक्षाका लागि बिभिन्न गैरसरकारी र सरकारी निकाय भए पनि डोल्पाका बालबालिकाको समस्या र शिक्षा परम्परागत नै छ । समयमा पाठ्पूस्तका पाउदैनन,समयमा छात्रबृति पाउदैनन समयमा शिक्षा पाउदैनन पिडैपिडाको दैनिकि बितदैछ बालबालिकाको ।

बिद्यालय छोरि मान्छे जानु नै हुदैन भन्ने सोँचको भने पूरै अन्त भएको छ । डोल्पामा अहिले छोरिहरु स्कुल पढ्नेको सँख्या ७० प्रतिशत नै भएको तथ्याक रहेको छ ।