२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा

२०७४, १६ श्रावण सोमबार ०५:०७

साउन १६, झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

विद्युत् सेवा अवरुद्ध भएपछि सो क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गत वर्ष बंगलादेशबाट ल्याइएको १६ एमबिएको ट्रान्सफर्मरमा समस्या आएको छ । 

६ बाई ८ को ट्रान्सफर्मर जडान गरेर विद्युत् सेवा सञ्चालन गर्ने तयारी गरिए पनि त्यसमा समेत समस्या आएको नेपाल विद्युत् प्राधिकरण बुलोचोक सबस्टेसनका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिनुभयो । 

“विद्युत् आपूर्तिका लागि छिटोभन्दा छिटो ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ”, प्रमुख साहले भन्नुभयो, “मौसमले साथ दियो भने अबको दुई दिनभित्र विद्युत् सेवा सञ्चालन हुन्छ ।” 

यस क्षेत्रमा धेरै विद्युत् समस्या हुने गरेको जनकल्याण निमावि महाभराका शिक्षक ओमकान्त बरालले बताउनुभयो । बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा पनि सम्बन्धित निकायले प्रभावकारी काम नगरेको उहाँले आरोप लगाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते