९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा

१६ श्रावण २०७४, सोमबार ०५:०७

साउन १६, झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

विद्युत् सेवा अवरुद्ध भएपछि सो क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गत वर्ष बंगलादेशबाट ल्याइएको १६ एमबिएको ट्रान्सफर्मरमा समस्या आएको छ । 

६ बाई ८ को ट्रान्सफर्मर जडान गरेर विद्युत् सेवा सञ्चालन गर्ने तयारी गरिए पनि त्यसमा समेत समस्या आएको नेपाल विद्युत् प्राधिकरण बुलोचोक सबस्टेसनका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिनुभयो । 

“विद्युत् आपूर्तिका लागि छिटोभन्दा छिटो ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ”, प्रमुख साहले भन्नुभयो, “मौसमले साथ दियो भने अबको दुई दिनभित्र विद्युत् सेवा सञ्चालन हुन्छ ।” 

यस क्षेत्रमा धेरै विद्युत् समस्या हुने गरेको जनकल्याण निमावि महाभराका शिक्षक ओमकान्त बरालले बताउनुभयो । बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा पनि सम्बन्धित निकायले प्रभावकारी काम नगरेको उहाँले आरोप लगाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो