2026-09-19 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार

काठमाडौँ । नेपाली खानाको आफ्नै मौलिक पहिचान दिन र व्यवसायिक प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी र अन्तर–कलेज कुकिंङ प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाली सेफ सोसाइटीको आयोजनामा आगामी २०८२, वैशाख ४ गते अन्तर–कलेज कुकिंङ प्रतियोगिता हुनेछ भने । वैशाख ६ गते भृकुटीमण्डपमा नेपाली परम्परागत खानाको ऐतिहासिक प्रदर्शनी तथा व्यापार मेलाको हुने तय भएको छ ।

यो आयोजनाले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने विश्वास आयोजकले लिएको छ ।

मंगलबार ललितपुर् स्थीत् अकेडेमी अफ कुलिनरी आट्र्स, कलेजमा हुने कुकीङ प्रतियोगितामा कलेज तहका विद्यार्थी शेफहरूले आफुमा रहेको पाक–कला प्रतिभाको सीप प्रस्तुत गर्नेछन् । सोहि सीपको आधारमा प्रतियोगिता आयोजकले उत्कृष्ट कलेजका विद्यार्थी शेफहरूलाई पुरस्कृत गर्ने जनाएको छ । पुरस्कारको राशि क्रमश प्रथमलाई १ लाख, द्वित्तीयलाई ७५ हजार र तृतीयलाई ५० हजार प्रदान गरिनेछ ।

आयोजकले यो प्रतियोगितामा सहभागी हुन सबै कलेजलाई आह्वान गरेको छ । आयोजकले आगामी वैशाख ६ गते भृकुटी मण्डपमा आयोजना हुने ऐतिहासिक प्रदर्शनी तथा मेलामा नेपाली खानाको मौलिकता, विविधता र यसको अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । उक्त कार्यक्रममा युरोप, दक्षिण अमेरिका लगायत ३६ वटा राष्ट्रबाट नेपाली सेफहरुको उल्लेखनीय सहभागिता जनाउने भएका छन् ।

यो मेलामा व्यावसायिक स्टल बुकिङ खुला रहेको जनाउँदै आयोजकले सीमित मात्रामा स्टलहरू भएकाले इच्छुक व्यक्ति तथा संस्थाले बुकिङ गर्न अनुरोध गरेको छ । स्टलमा नेपाली रैथाने खानालाई विशेष प्राथमिकता दिइने बताइएको छ । आज सम्पन्न पत्रकार सम्मेलनमा सेफ एसोसिएसनका पूर्व अध्यक्ष रत्न बहादुर थापा, कुलिनरी आर्ट्स कलेजका डाइरेक्टर आशिष महर्जन, कुलिनरी आट्र्स कलेजका किचेन डाइरेक्टर विष्णु श्रेष्ठ, नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशल, वरिष्ठ उपाध्यक्ष बसन्त राई, उपाध्यक्ष शिवहरी घिमिरे, कोषाध्यक्ष विष्णु खत्रीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनको भिडियो रिपोर्ट: 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ