२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पनि भुकम्प स्मृति दिबश मनाइयो

२०७३, १३ बैशाख सोमबार ०२:०२

प्रकाश बम/ बैशाख १२, डोटी ।  ‘‘भुकम्प प्रतिरोधी घरसंरचना ,सुरक्षित नेपाल हाम्रो चाहना’ भन्ने नाराका साथ डोटीमा पनि बिभिन्न कार्यक्रम गरी भुकम्प स्मृति दिबश मनाईएको छ । भूकम्प गएको एक वर्ष पुरा भएको अबशरमा आईतबार बिहान सिलगढीको इन्द्र चोकबाट र्यालि निकालि जिल्ला बिकास समितिकोहलमा एक कार्यक्रमको आयोजना गरीएको हो ।

प्रमुख जिल्ला अधिकारी केशब प्रशाद आचार्याको अध्यक्षतामा सो कार्यक्रम गरीएको हो । भुकम्प स्मृति दिवशका अबशरमा कबिता प्रतियोगिता समेत गरीएको थियो । गत वर्ष वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेटमा गोरखाको १२ बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ८ हजार ८ सय ८९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।

गृहमन्त्रालयका अनुसार भूकम्पबाट २५ लाख २३ हजार मानिस प्रत्यक्षरुपमा पीडित बनेका थिए । करिब साढे ५ लाख घर पूर्णरुपमा ध्वस्त बनेका थिए । हजारौं मानिस घरबारविहीन बनेका थिए । यो कहाली लाग्दो घटना भएको एक वर्ष पुरा हुँदा समय र मौसम परिवर्तन भए पनि उक्त भूकम्पले निम्त्याएको विपत्तिबाट सर्वसाधारण नागरिक अझै माथि उठ्न सकेका छैनन् ।भूकम्पपछि तत्कालिन अवस्थामा अस्थायी बासका लागि बनाइएका टहरामै भूकम्प पीडितहरुको एक वर्ष गुज्रेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने