११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ओलिगाउलाई छाउपडि गोठमुक्त वडा घोषणा गरियो

३० भाद्र २०७२, बुधबार १३:१७

कमल रावल/ भदौ ३० अछाम ।  मँगलसेन नगरपालिको वडा नम्बर ८ र ९ साबिकको ओलिगाउ गाबिसलाई छाउपडि गोठमुक्त वडा घोषणा गरिएको छ । ओलिगाउँका महिनावारि हुने समुहका सबै महिला, किशोरि सबै सुरक्षित तरिकाले घरमै बस्न थालेपछि छाउपडि गोठमुक्त वडा घोषणा गरिएको हो । वडा सचिव सत्य बोहराको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा वालवालिका कार्यालय अछामका प्रमुख गोमा प्रसाई प्रमुख अथिती रहनु भएको थियो ।

कार्यक्रममा पुर्व जिल्ला बिकास समिती सदस्य पदम रावल, लालि देवि रावल, नेपालि काग्रेसका नगर सभापति झपट रावल, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेकपा मालेका जिल्ला कमिटी सदस्य जोगि ढोलि, स्वास्थ्य चौकीका अनमि रामेश्वरी रावल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । घोषणा कार्यक्रममा सहभागि सबै बक्ताले घोषणा गरेर मात्र नभई यसको कार्यान्वयन गर्न सके मात्र उपलब्धि हुने बताएका थिए । अछामका थुप्रै गाबिस घोषणा भएपनि अझै कार्यान्वयनमा आउन नसेको भन्दै कतै ओलिगाउमा पनि शँका गर्ने ठाउ नराख्न आग्रह गरेका थिए ।

कुनै सँघ सस्थाले आफनो वार्षिक कार्ययोजना अन्तर्गत घोषणा गर्ने भएकाले आगामि दिनमा यसको पुर्णताका लागि स्वयम गाउले आफै अग्रसर हुनु पर्ने सहभागि बक्ताले बताएका थिए । करिब १ बर्ष अघि सबै सरोकारवाला, राजिनितिज्ञ लगाएतले आफनो ठाउँलाई गोठमुक्त घोषणा गर्नका लागि संकल्प लिएर अघि बढे सगै आज अभियान सफल भएको बताईएको छ । कार्यक्रममा सहभागि सबै महिलाहरुले सकल्प सहति वाचन गरिएको प्रतिबद्धतामा ऐकेबद्धता जनाउदै सुरक्षित तरिकाले घरमै बस्ने प्रतिबद्धता जनाएका छन । घोषणा गर्नलाई सफल पार्नका लागि सहयोग गर्ने सबै राजिनितिज्ञ, सरोकारवाला, विद्यालय, सँघ सस्थालाई दोसल्ला, प्रमाणपत्र सहीत सम्मान गरिएको थियो । गिता रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्मला रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा