असोज ६, अछाम । नेकपा एमाले वडा कमिटी विनायक वडा नम्बर ९ को भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
गोरे विकको अध्यक्षतामा भएको भेलाले जिवन विकको अध्यक्षतामा २५ जनाको गाउ कमिटी, हिरा जैसिको अध्यक्षतामा १५ जनाको अखिल नेपाल महिला सघ, गँगन सिह विकको अध्यक्षतामा १२ जनाको किसान सघको वडा कमिटी गठन गरिएको छ ।
गठन कार्यक्रमममा एमाले क्षेत्र नम्बर २ क्षेत्रिय कमिटी अध्यक्ष सुरेन्द्र शाही, ईलाका कमिटी सदस्य अमर बहादुर कडायत, गाउ कमिटी उपाध्यक्ष धनिराम ढुगाना, सचिव नेत्र बहादुर शाही लगाएतको सहभागिता रहेको थियो ।