२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम एमाले क्षेत्र नम्बर १ द्वारा ईलाका स्तरिय जागरण अभियान

९ आश्विन २०७२, शनिबार १३:१३

कमल रावल । असोज ९, अछाम । नेकपा एमाले क्षेत्रिय कमिटी क्षेत्र नम्बर १ को पाचौँ बैठक विभिन्न निर्णय गर्दै साफेबगरमा सम्पन्न भएको छ ।

क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालिको अध्यक्षतामा बसेको बैठकले असोज २ गते जिल्ला कमिटीले गरेको निर्णय अनुसार असोज १२ गते देखि १७ गते सम्म ईलाका स्तरमा गर्ने जागरण अभियान कार्यक्रमलाई सफल पार्ने, कार्यक्रमलाई सफल पार्नका लागि क्षेत्रिय, ईलाका गाउ कमिटीलाई निर्देशन दिने, असोज २३ गते मुक्ती समाजकोे क्षेत्रिय अगुवा कार्यकर्ता भेला गर्ने र २०७२ सालको दशैँ तथा तिहारको अवसरमा प्रत्येक वडा कमिटी, नगर तथा ईलाकामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।

नेकपा एमाले अछामका अध्यक्ष तथा पुर्व सभासद शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको बैठकमा जिल्ला कमिटी उपसचिव मना साउद, सचिवालय सदस्य जँग विक, कृष्ण बहादुर शाह, जिल्ला कमिटी सदस्य शिव कुवर, बालगिरि कुवर, लाल बहादुर खडका, वैकल्पिक सदस्य भिम विक, विर्मला बुढथापा लगाएतको सहभागिता रहेको थियो । क्षेत्रिय उपाध्यक्ष दिप बहादुर कुवरको स्वागत मन्तव्य बाट सुरु भएको बैठकको सञ्चालन सचिव चक्र रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन