२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम एमाले क्षेत्र नम्बर १ द्वारा ईलाका स्तरिय जागरण अभियान

२०७२, ९ आश्विन शनिबार १३:१३

कमल रावल । असोज ९, अछाम । नेकपा एमाले क्षेत्रिय कमिटी क्षेत्र नम्बर १ को पाचौँ बैठक विभिन्न निर्णय गर्दै साफेबगरमा सम्पन्न भएको छ ।

क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालिको अध्यक्षतामा बसेको बैठकले असोज २ गते जिल्ला कमिटीले गरेको निर्णय अनुसार असोज १२ गते देखि १७ गते सम्म ईलाका स्तरमा गर्ने जागरण अभियान कार्यक्रमलाई सफल पार्ने, कार्यक्रमलाई सफल पार्नका लागि क्षेत्रिय, ईलाका गाउ कमिटीलाई निर्देशन दिने, असोज २३ गते मुक्ती समाजकोे क्षेत्रिय अगुवा कार्यकर्ता भेला गर्ने र २०७२ सालको दशैँ तथा तिहारको अवसरमा प्रत्येक वडा कमिटी, नगर तथा ईलाकामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।

नेकपा एमाले अछामका अध्यक्ष तथा पुर्व सभासद शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको बैठकमा जिल्ला कमिटी उपसचिव मना साउद, सचिवालय सदस्य जँग विक, कृष्ण बहादुर शाह, जिल्ला कमिटी सदस्य शिव कुवर, बालगिरि कुवर, लाल बहादुर खडका, वैकल्पिक सदस्य भिम विक, विर्मला बुढथापा लगाएतको सहभागिता रहेको थियो । क्षेत्रिय उपाध्यक्ष दिप बहादुर कुवरको स्वागत मन्तव्य बाट सुरु भएको बैठकको सञ्चालन सचिव चक्र रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन