२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आठौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा विनायक स्रोतकेन्द्र प्रथम

२०७२, २१ फाल्गुन शुक्रबार ०२:१८

kheladiकमल रावल/फागुन २१, अछाम । अछाम जिल्लामा सम्पन्न आठौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड तथा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा विनायक स्रोत केन्द्र प्रथम भएको छ ।

बिहिबार सम्पन्न भएको प्रतियोगितामा २२ वटा यथ्लेटिक्सका खेलहरुमा ११ वटा र छात्रा भलिवलको उपाधि समेत विनायक स्रोतकेन्द्रले हात पारेको छ भने ७ वटा खेलमा प्रथम रहदै मंगलसेन स्रोतकेन्द्रले दोस्रो स्थान हासिल गरेको छ भने छात्र भलिवलको उपाधि जिते सँगै मेल्लेख स्रोतकेन्द्र तेस्रो र जयगढ स्रोत केन्द्र चौथो भएको छ ।

समग्रमा प्रतियोगितामा विनायकले १ सय ७४, मंगलसेनले १ सय ४, मेल्लेखले ९५ र जयगढले स्रोतकेन्द्रले ९३ प्राप्ताङ्क प्राप्त गरेका छन । साथै प्रतियोगिता भरमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा भलिवल छात्र तर्फ मेल्लेखका डम्मर बुढा, छात्रा तर्फ विनायकका राधिका धमाला र यथ्लेटिक्स तर्फ छात्र विनायकका देवराज तिमिल्सैना र छात्रा तर्फ विनायककै जानकी तिमिल्सैना घोषित भएका जिल्ला खेलकुद बिकास समिती अछामका कार्यालय प्रमुख मिन बहादुर बुड्थापाले बताउनु भयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र उत्कृष्ट हुने सबै खेलाडीलाई शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस अघि यथ्लेटिक्स तर्फको सर्टफुटमा श्रीकोटका कृष्ण खडका, १ सय मिटर दौडमा विनायकका राकेश चौधरी, २ सय मिटरमा मंगलसेनका पुष्प विक, ४ सय मिटरमा विनायकका मोहन रावत, ८ सय मिटरमा विनायकका देबराज तिमिल्सैना, १५ सय मिटरमा विनायकका किरण साउद, ३ हजार मिटरमा विनायका सुरेश तिमिल्सैना प्रथम स्थानमा रहेका छन ।

त्रिपल जम्पमा विनायकका देवराज तिमिल्सैना,लँगजम्पमा मगलसेनका पुरन भाट र हाईजम्पमा विनायकका कृष्ण तिमिल्सैना प्रथम स्थानमा रहेका छन । यस्तै छात्रा तर्फको सर्टफुटमा मंगलसेनका इन्द्रा भाट, १ सय मिटर दौडमा विनायका जानकी तिमिल्सैना, २ सय मिटरमा विनायकका जानकी तिमिल्सैना, ४ सय मिटरमा जयगढका अनिता भुल, ८ सय मिटरमा जयगढका अम्बीका बोहरा, १५ सय मिटरमा मगलसेनका प्रतिमा शाही, ३ हजार मिटरमा मगलसेनका टँक थ्यायत प्रथम स्थानमा रहन सफल भएका छन ।

यस्तै लँगजम्पमा विनायकका पार्वति तिमिल्सैना, हाईजम्पमा मगलसेनका निर्मला बिष्ट, त्रिपल जम्पमा विनायकका राधिका धमाला, र ज्यावलिँग थ्रोमा मगलसेनका ईन्द्रा भाट प्रथम हुनु भएको छ । भने छात्रा भलिवलको प्रथम स्थान विनायक स्रोत केन्द्रले आगटेको छ भने छात्रको मेल्लेख स्रोतकेन्द्रले प्रथम स्थान हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड