११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जंगली हात्ती नियन्त्रणका लागि मात्रै दुई करोड बजेट

१० भाद्र २०७४, शनिबार ०४:५३

भदौ १०, झापा । जंगली हात्ती नियन्त्रणका लागि रु पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ । 

राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । हात्ती नियन्त्रणका लागि व्यवस्थित योजनासहित रु १३ करोड माग गरिए पनि रु आठ करोड आठ लाख ९० हजार स्वीकृत भएको वन अधिकृत सुवेदीले बताए । 

जलथल, भद्रपुर, केचना, हल्दिबारी, मेचीनगरलगायत स्थानमा जंगली हात्तीले दुःख दिन थालेपछि नेपाली काँग्रेस ३ नं क्षेत्रीय समितिले सांसद कृष्णप्रसाद सिटौलामार्फत वन तथा भूसंरक्षण मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो । ज्ञापनपछि जिल्ला वन कार्यालयले योजनासहित बजेट माग गरेको र योजना स्वीकृत भएर पहिलो चौमासिकको रकम निकासा भएको हो । 

हात्ती नियन्त्रणका लागि जलथलदेखि बाहुनडाँगीसम्म जैविक मार्ग निर्माण तथा जलथल, चारआली र घेराबारीको जंगलमा करिब ८० किमी लामो विद्युतीय तारबार निर्माण गरिने भएको वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । जलथल जंगल वरिपरि ५० किमी, चारआली जंगलको २० किमी र घेराबारीको १० किमी जंगल क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिने भएको छ । 

यहाँ शुक्रबार आयोजित पत्रकार भेटघाटमा काँग्रेसका नेता सांसद सिटौलाले झापाको हात्ती समस्या समाधानका लागि आएको बजेटको सदुपयोग गर्न आग्रह गरे । उनले बजेटबाट जैविक मार्ग निर्माण तथा पर्यापर्यटन र कृषि पर्यटनको अभिवृद्धि गर्न मद्दत पुग्ने बताए । 

नेता सिटौलाले हात्तीपीडितले पाउने क्षतिपूर्ति झन्झटिलो भएकाले छिटो र छोटो प्रक्रियाबाट व्यवस्था गर्न आग्रह गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप