भदौ १३,चितवन। बाढीले बगाएर भारत पुर्याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,चितवन। बाढीले बगाएर भारत पुर्याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टो"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान

२०७४, १३ भाद्र मंगलवार ०६:५२

भदौ १३,चितवन। बाढीले बगाएर भारत पुर्याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली आज बिहानै भारत प्रस्थान गरेको छ । 

भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमाभन्दा पाँच/छ किलोमिटर पर बयस्क गैँडा देखिएको जानकारी दिएपछि आज बिहानै प्राविधिकसहितको टोली भारत हिँडेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञसहितको टोली भारत गएको हो । 

यसअघि भदौ १ देखि गैँडाको उद्धारमा खटिएको उक्त टोलीले १० दिनको अन्तरालमा दुई भालेसहित छवटा गैँडाको उद्धार गरेको थियो । तीमध्ये पाँच गैँडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको छ । 

थप गैँडा फेला नपरेपछि आइतबार चितवन फर्किएको टोली आज फेरि गैँडा देखिएको जानकारी आएपछि उद्धारका लागि बिहानै भारत गएको हो । 

निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा कमल गैरे तथा निकुञ्जका अधिकारीहरु उद्धारमा खटिएका छन् । 

साउन २८ गते आएको बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा छवटा रतुवा मृग र चित्तल मरेको पाइएको निकुञ्जले जनाएको छ । बाढीका कारण निकुञ्जमा झण्डै रु दुई करोडको भौतिक सम्पत्ति क्षति भएको छ । रासस(फाइल फोटो) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस