२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

१३ भाद्र २०७४, मंगलवार ११:०५

चितवन, १३ भदौ । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् । 

भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो । 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासेनिकाअनुसार हालै मात्र अस्पतालमा सिटिस्क्यानसहित आवश्यक उपकरण जडान गरिएको छ । विगत ६ वर्षदेखि न्यूरोमा अनुभव हासिल गर्नुभएका न्यूरो सर्जन डा गुणराज पौडेलले काम थाल्नुभएको छ । अस्पतालमा १० जना अर्थोपेडिक सर्जन कार्यरत छन् । 

अस्पतालमा ६ वटा शल्यक्रिया गर्ने टेबलसहितको सेट छ । ट्रमा र चोटपटक सम्बन्धिका नेपालमा हुने उपचार अब भरतपुर अस्पतालमा गर्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा मरासेनिले बताउनुभयो । अस्पतालमा नियमित रुपमा न्यूरोका सातामा तीन दिन शल्यक्रिया समेत सुरु गरिएको उहाँले बताउनुभयो । 

आइतबार, मंगलबार र बिहीबार नियमित शल्यक्रिया हुन्छ भने २४ औं घण्टा दुर्घटनाका घाइतेलाई आवश्यक शल्यक्रियासहितको उपचार गर्न सकिने उहाँले बताउनुभयो । 

भरतपुर अस्पताललाई मदनभण्डारी ट्रमा सेन्टरको नामाकरण दिइएको भए पनि न्यून बजेट निकासा भएका कारण काम सुरु हुनसकेको थिएन । अस्पताल विकास समितिका अध्यक्ष राजकुमारराज भण्डारीले अस्पतालको आफ्नै प्रयासमा न्यूरो सर्जन नियुक्त गरी सिटिस्क्यानसहितका उपकरण जडान गर्न सफल भएपछि ट्रमा सेन्टरको रुपमा अस्पताल अघि बढेको बताउनुभयो । 

उहाँले जिल्ला र छिमेकी जिल्लामा हुने सबैखाले दुर्घटनाका घाइतेले अब सरकारी अस्पतालमा न्यून शुल्कमा उपचार पाउने छ भन्नुभयो । स्थानीय प्रशासनसँग समन्वय गरी जिल्लामा आउने घाइतेलाई उपचार गर्ने पहिलो थलोको रुपमा भरतपुर अस्पताललाई विकास गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो । दुर्घटनाका घाइतेको उपचार निकै खर्चिलो हुने भए पनि सकेसम्म कम रकममा उपचार गर्ने प्रबन्ध अस्पतालले मिलाउने दाबी उहाँको छ । 

सवारी दुर्घटनामा परेका घाइतेको बढी टाउकोमा चोट लाग्ने गर्दछ । अस्पतालमा सरदर दैनिक दुई जना गम्भीर घाइते आउने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार गत वर्षमा जिल्लामा गम्भीर घाइतेको संख्या ५७५ रहेको थियो । सामान्य घाइते निकै बढी हुनेगरेको भन्दै उहाँले छिमेकी जिल्लाबाट पनि जिल्लामा हुने भन्दा बढी घाइते उपचारका लागि यहाँ आउने गरेको बताउनुभयो । 

कैयौ घाइतेको लामो समयको उपचारपछि मृत्यु समेत हुनेगर्दछ भने कतिपयलाई उपचार नै लामो समय गर्नुपर्ने हुन्छ । 

सरकारी अस्पताल परिसरमानै स्पाइनल इञ्जुरी केन्द्र रहेकाले पनि सबै खाले दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल उपयुक्त हुने भरतपुर अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा कृष्ण पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य