२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा आठौँ लिगलिगे दौडको तयारी तीव्र

१४ भाद्र २०७४, बुधबार १४:४४

मनोज पराजुली/भदौ १४, गोरखा । विगत आठ वर्षदेखि गोरखामा हुँदै आएको लिगलिगे दौड प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडी बढेको छ । 

ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यस वर्ष असोज ९ गते गर्ने तयारीमा लागि परेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । 

लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले बताए । उनले सरकारले ऐतिहासिक लिगलिगकोटलाई वेवास्ता गरेको कारण हरेक वर्ष दाता खोजेर दौड प्रतियोगिता आयोजना गर्न असहज भएको बताए । उनले आवश्यक तयारी पुरा भएपछि पत्रकार संम्मेलन गरेर लिगलिगे दौडको विस्तृत जानकारी गराउने तयारी भैइरहेको समेत बताए । 

बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । गोरखाको इतिहास जगेर्ना गर्न बिगत आठ वर्ष देखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर दौड प्रतियोगिता गरिँदै आएको छ । 

दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । दौडमा जो पहिले लिगलिगकोट पुग्छ राजा घोषणा गरिने परमपरा छ । 

दौडमा प्रथम हुनेले श्रीपेच सहित नगद प्राप्त गर्नेछन् । त्यस्तै महिलाहरुको खुल्ला र लिगलिगबासीका लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य