2026-07-25 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंका लागि अग्रिम बुकिङ खुल्दै, २० किलोबढी सामान बोक्न नपाउने


भदौ १६, काठमाडौं । सरकारले दशैंका काठमाडौंबाट देशका विभिन्न जिल्ला जाने सर्वसाधारणका लागि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ ।

शुक्रबार यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदौदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।

मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो । सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम टिकट बुकिङको सुविधा दिइरहेको छ । 

२० किलोभन्दा बढी सामान बोक्न नपाउने

यसैगरी शुक्रबारै बसेको यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने  निर्णय गरेको छ ।

विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । विभागले २० किलोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट आफ्नो सामान लिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ । व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ ।

छतमा धेरै तौलका वस्तु राख्दा दूर्घटना बढेको भन्दै गत वर्ष सरकारले यात्रुवाहक सार्वजनिक सवारीको छत नै हटाएको थियो । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ