२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महावाणिज्य दूतावासबाट अन्तरक्रिया

४ असार २०८२, बुधबार १५:३३
काठमाडौँ ।नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ ।
लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाका प्रयोग गरी व्यापार गर्ने व्यवसायीको सहभागिता थियो ।
जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।
दुवै छलफलमा सहभागीहरूले कोरोला नाकाको चीनतर्फ उत्कृष्ट पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापना भई सेवा सञ्चालन गरिसके पनि नेपालतर्फ प्रदेश सरकारले निर्माण गरेको चार कोठे भवन पनि राम्रो भएको बताउनुभएको थियो । सहभागीले उक्त भवनमा पानी, विद्युत्लगायत न्यूनतम पूर्वाधार नभएको, कर्मचारी अभाव रहेको र अध्यागमन कार्यालयको उद्घाटन भएर पनि नियमित सेवा सञ्चालन नभएकाले व्यापार व्यवस्थित हुन नसकेको बताएका हुन् ।
वक्ताले माथिल्लो मुस्ताङ निषेधित क्षेत्रमा रहेकाले विदेशी नागरिक उक्त क्षेत्रमा प्रवेश गर्दा न्यूनतम पाँच सय डलर तिर्ने व्यवस्था गर्न माग गरेका छन् । सोही रकम तिरेर चीनतर्फबाट प्रवेश गर्न चाहनेले अध्यागमन सेवा नरहेकाले नाकामा रकम तिरेर प्रवेश गर्न नसक्ने अवस्था रहेकाले नाकामा एकीकृत पूर्वाधार निर्माण गरी तत्काल अध्यागमन, भन्सार, क्वारेन्टाइनलगायत सेवा सुरु गर्न, विदेशी नागरिकका लागि माथिल्लो मुस्ताङ प्रवेश सहजीकरण गर्न अनुरोध गरेका हुन् ।
दुवै कार्यक्रमलाई सम्बोधन गर्दै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले छलफलमा उठेका समस्यासम्बन्धी समाधानका लागि महावाणिज्य दूतावासका तर्फबाट चिनियाँ र नेपाली दुवै पक्षसँगको समन्वयमा प्रयास गर्ने जानकारी गराउनुभयो ।
उहाँले चीनको सिजाङ स्वायत्त क्षेत्रको ड्रोङ्पामा त्यहाँका भन्सार, अध्यागमन, स्थानीय निकाय र पोर्ट व्यवस्थापन कार्यालयका उच्च अधिकारीसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गर्नुभयो । उक्त अवसरमा चीन र नेपाल दुवै पक्षले कोरोला नाका व्यवस्थापनका लागि आआफ्नो तर्फबाट पहल गरी नाकालाई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ