इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउल"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आधिराज्य भरी मुस्लिमहरुको दोस्रो ठूलो चाड बकर ईद मनाउदै

१७ भाद्र २०७४, शनिबार ०८:२१


 इमरान खान/भदौ १७, कपिलबस्तु । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरा ईद कपिलवस्तु जिल्लाहरुमा मुस्लिमहरुले हार्सौउलासका साथ मनाउदै छन् । 

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगज, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत कपिलवस्तु जिल्लाभारि ईदुल अजहा अर्थात बकरा ईद मुस्लिम धर्मावलम्वीहरु हार्सौउलासका साथ मनाई रहेका छन् विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मास्जिदहरुमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा जिवनभरि रहेको रिश्भिहरुलाई आजका दिन प्रेममायामा बदलि अकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन । 

ईदुल अजहा अर्थात बकरा ईद को नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । 

मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ । 

आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर कपिलवस्तुका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकरा ईद मनाई रहेका छन् । 

कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीबहरु जसको कुरबानि गर्ने पैसा हुदैना उनिहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई हित्रमित्रहरुमा बाडने र तेस्रो भागमासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।

इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्ब बकरा ईद इदुल अजहा २०७४ भादौ १८ गते आईतबार का दिन परेकाले उतm दिन नेपाल सरकारले सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरु नेपाल सरकार प्रति खुशि ब्याक्त गरेका छन । 


मुस्लिम धर्मावलम्वीहरु इस्लामी महिनाको अन्तीम महिनाको तिन दिन १०, ११ र १२ तारिखको दिन कुरबानी मनाइन्छ । तिन दिन सम्मा बुरबानी गर्ने गर्द छन ।

यसै क्रममा मदरसा जामिया फारुकिया निदायक हक कापिलवस्तु तौलिहवा का गुरु हजरत मौलाना जाहिरुद्दिन अन्सारी सँग कुरबानि सम्बन्धमा गरेका कुराकानी मा कुरबानि सम्बान्धि दिएका जानकारी यसप्रकार रहेको छ ।

१. कुरबानीको इतिहास यसप्रकार छ: इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नुपर्छ । अल्लाहतालाले कुरबानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखीएको थियो । कुरान शरिफमा अल्लाहको आदेश छ । भाग नं ३० पाठ न. १०८ आयत नं २ मा उल्लेख गरिएको छ । अफनो अल्लाह को लागि नमाज पढा र कुरबानी गरा । अब हेरनु कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि कुरबानी रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।

२. कस्तो व्याक्तीले कुरबानी गर्न सक्छ: कुरबानी गर्ने व्याक्तिको जिम्मा आवश्यक्ता बहेक साढे सात तोला सुन अथवा साढे बाउन तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्याक्तिले कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा उतm ब्यातिm गुनेहगार हनेछ । 

३. कुरबानीको मासु कसरी खाने: कुरबानी गरेसकेपछी मासुलाई तिन भागमा बढ्नु पर्छ एक भाग गरिब लाई दिनुपर्छ । जो गरिबले विभिन्न कारणले गर्दा कुरबानी गर्न सक्दैन त्यस्तो व्याक्तीलाई दिए अल्लाहताला खुशि हुन्छन । दोस्रो भाग आफनो इष्ट मित्र नातेदार वा साथिहरुलाई खुवाउनु अथवा बाडनु पर्छ । तेस्रो भागको मासु आफनो घरको परिवारमा खानलाई दिनुपर्ने कुरा कुरानमा उल्लेख गरएिको छ । 

४ . कुरबानीका लागि कस्तो जनाबरको कुरबानि गर्नु उपयुक्त हुन्छ: कुरबानीका लागि खसी, भेडा,गाई भैसी, रागाँ उटको कुरबानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने गर्दछम अनि गाई राष्ट्रिय जनावार भएकाले हामीले गाईको कुरबानी दिदैनौ बहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल भएको मानिन्छ । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै