फागुन १२, कैलाली । कैलालीको टीकापुरमा भएको झडपमा हराएको प्रहरीको मल्टीगन भेटिएको छ ।
कैलाली हसुलिया ८ का मधेसी जनअधिकार फोरमका स्थानीय नेता कुकरा चौधरीलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ । गत भदौं ७ गते टिकापुरको भएको झडपमा नेपाल प्रहरीको एक थान पेस्तोल, एक थान एसएलआर र एक थान मल्टी ग्यास गन लुटिएको थियो ।
घटना भएको ६ महिनापछि प्रहरीले सो हतियारसहित चौधरीलाई पक्राउ गरेको हो। सो हतियार प्रहरीबाट नै खोसिएको प्रहरीले दाबी गरेको छ । टीकापुर घटनामा एक एसएसपीसहित ९ जनाको हत्या गरिएको थियो ।