२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुव्र्यसनी मुक्त गराउन विद्यार्थीमैत्री वातावरण सृजना हुनुपर्ने

२०७२, २७ चैत्र शनिबार ०९:४९

गोविन्द बिश्वकर्मा सुर्खेत, चैत्र २७ । युवाहरुलाई लागुपदार्थ दुव्र्यसनबाट मुक्त गराउनका लागि विद्यालयमा विद्यार्थीमैत्री वातावरणको सृजना हुनुपर्ने सुर्खेतका सरोकारवालाहरुले सुझाव दिएका छन् ।

विद्यार्थीमैत्री वातावरण भएमा विद्यालयमा नियमीतता आउने र त्यसबाट मात्रै शैक्षिक गुणस्तर सुधार गर्न सकिने शिक्षाकर्मी तथा दुव्र्यसन विरोधी अभियानकर्ताहरुको भनाई छ ।

ग्रामीण जागरण सामुदायिक अध्ययन केन्द्र वीरेन्द्रनगर नगरपालिका ११ को आयोजनामा भएको शैक्षिक गुणस्तर सुधार र लागुपदार्थ रोकथाममा सरोकारवालाको भुमिका विषयक अन्तरकृयामा यस्तो बताइएको हो ।

अन्तरक्रियामा सहभागी भएका जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी धु्रवराज पौडेलले विद्यार्थीमैत्री वातावरण बनाउनका लागि सरकारीस्तरबाट धेरै प्रयासहरु भएका बताए ।

प्रमुख अतिथी रहनुभएका पौडेलले शैक्षिक स्तर सुधारका लागि सवैभन्दा धेरै भूमिका अभिभावक र शिक्षककै हुने बताए । पौडेलले शैक्षिक गुणस्तरका विषयमा आफ्नो प्रस्तुती राखेका थिए भने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक (डिएसपी) बहादुरजंग मल्लले विद्यार्थीहरु धेरै फुर्सद पाउने र दौँतरीको लहलहैमा लागेर लागू पदार्थ दुव्र्यसनमा फस्ने गरेको बताए । डिएसपी मल्लको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सहभागी भएका टोल विकास संस्था, आमा समूहलगायतबाट प्रतिनिधित्व गरेका व्यक्तिहरुलाई दुव्र्यसन विरोधी अभियानकर्ता तथा शिक्षक कुमारबहादुर ढकाल र जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरिक्षक भोल प्रसाद लम्सालले सहजीकरण गरेका थिए ।

अमर ज्योति नमूना उच्च माद्यमिक विद्यालयमा भएको कार्यक्रम ग्रामीण जागरण सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष पूर्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड