३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुव्र्यसनी मुक्त गराउन विद्यार्थीमैत्री वातावरण सृजना हुनुपर्ने

२७ चैत्र २०७२, शनिबार ०९:४९

गोविन्द बिश्वकर्मा सुर्खेत, चैत्र २७ । युवाहरुलाई लागुपदार्थ दुव्र्यसनबाट मुक्त गराउनका लागि विद्यालयमा विद्यार्थीमैत्री वातावरणको सृजना हुनुपर्ने सुर्खेतका सरोकारवालाहरुले सुझाव दिएका छन् ।

विद्यार्थीमैत्री वातावरण भएमा विद्यालयमा नियमीतता आउने र त्यसबाट मात्रै शैक्षिक गुणस्तर सुधार गर्न सकिने शिक्षाकर्मी तथा दुव्र्यसन विरोधी अभियानकर्ताहरुको भनाई छ ।

ग्रामीण जागरण सामुदायिक अध्ययन केन्द्र वीरेन्द्रनगर नगरपालिका ११ को आयोजनामा भएको शैक्षिक गुणस्तर सुधार र लागुपदार्थ रोकथाममा सरोकारवालाको भुमिका विषयक अन्तरकृयामा यस्तो बताइएको हो ।

अन्तरक्रियामा सहभागी भएका जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी धु्रवराज पौडेलले विद्यार्थीमैत्री वातावरण बनाउनका लागि सरकारीस्तरबाट धेरै प्रयासहरु भएका बताए ।

प्रमुख अतिथी रहनुभएका पौडेलले शैक्षिक स्तर सुधारका लागि सवैभन्दा धेरै भूमिका अभिभावक र शिक्षककै हुने बताए । पौडेलले शैक्षिक गुणस्तरका विषयमा आफ्नो प्रस्तुती राखेका थिए भने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक (डिएसपी) बहादुरजंग मल्लले विद्यार्थीहरु धेरै फुर्सद पाउने र दौँतरीको लहलहैमा लागेर लागू पदार्थ दुव्र्यसनमा फस्ने गरेको बताए । डिएसपी मल्लको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सहभागी भएका टोल विकास संस्था, आमा समूहलगायतबाट प्रतिनिधित्व गरेका व्यक्तिहरुलाई दुव्र्यसन विरोधी अभियानकर्ता तथा शिक्षक कुमारबहादुर ढकाल र जिल्ला शिक्षा कार्यालय सुर्खेतका विद्यालय निरिक्षक भोल प्रसाद लम्सालले सहजीकरण गरेका थिए ।

अमर ज्योति नमूना उच्च माद्यमिक विद्यालयमा भएको कार्यक्रम ग्रामीण जागरण सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष पूर्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति