२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धेरै गर्भपतन गराउदा खतरा हुन सक्ने

२०७२, २७ चैत्र शनिबार ०९:५२

garva-patanगोविन्द बिश्वकर्मा । चैत्र २७, सुर्खेत । पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुने भएकाले यसलाई परिवार नियोजनको अस्थायी साधनको रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहन सक्ने चिकित्सकको भनाई छ । प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार महिनावारी हुँदा वा गर्भवती हुँदा पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपटक गर्भपतन हुँदा त्यो नरम तत्व कम हुने हुन्छ । पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुने बित्तिकै नली फुट्ने खतरा बढी हुन्छ । धेरै पटक गर्भपतन गराउँदा पाठेघर राम्रोसँग सफा नभएमा वा अन्य कुनै शल्यक्रिया गराउँदा पाठेघर वरपर रगत जम्मा भएमा पनि बच्चा पाठेघरमा नबसेर बाहिर नलीमा बस्न सक्छ ।

त्यसैले महिनावारी रोकिएपछि समयमै चिकित्सककहाँ गएर जाँच गराउने र बच्चा कहाँ बसेको छ भनी अल्ट्रासाउण्ड गराएर सजग रहन पनि निर्देशक डाक्टर गौतमले सल्लाह दिए । गर्भपतन नगराएका महिलामा पनि सेतो पानी बग्ने, चिलाउनेलगायत समस्या भएमा पनि सङ्क्रमणको अत्यधिक खतरा हुने भएकाले बच्चा नलीमा बस्ने सम्भावनालाई बढाउनसक्छ ।

अहिले तीन महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति छ । तर, अचेल गर्भपतनलाई परिवार नियोजनका रूपमा लिने गरेको पाइन्छ, त्यसो गर्नु जोखिमपूर्ण छ । बच्चा नचाहिने अवस्थामा गर्भपतन गराउने हो । परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ । बच्चा नजन्माउने हो भने सावधानी अपनाउनुर्छ । तत्काल बच्चा नजन्माउने हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्न चिकित्सकको सल्लाह छ । परोपकार प्रसूति गुहमा दैनिक १५ जनाले गर्भपतन गराउँदै आएका छन् भने दैनिक नेपालमा कति जना महिलाले गर्भपतन गराउछन् भन्ने एकिन तथ्याङ्क छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड