३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धेरै गर्भपतन गराउदा खतरा हुन सक्ने

२७ चैत्र २०७२, शनिबार ०९:५२

garva-patanगोविन्द बिश्वकर्मा । चैत्र २७, सुर्खेत । पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुने भएकाले यसलाई परिवार नियोजनको अस्थायी साधनको रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहन सक्ने चिकित्सकको भनाई छ । प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार महिनावारी हुँदा वा गर्भवती हुँदा पाठेघरमा नरमपना बनाउने तत्व हुन्छ, तर धेरैपटक गर्भपतन हुँदा त्यो नरम तत्व कम हुने हुन्छ । पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुने बित्तिकै नली फुट्ने खतरा बढी हुन्छ । धेरै पटक गर्भपतन गराउँदा पाठेघर राम्रोसँग सफा नभएमा वा अन्य कुनै शल्यक्रिया गराउँदा पाठेघर वरपर रगत जम्मा भएमा पनि बच्चा पाठेघरमा नबसेर बाहिर नलीमा बस्न सक्छ ।

त्यसैले महिनावारी रोकिएपछि समयमै चिकित्सककहाँ गएर जाँच गराउने र बच्चा कहाँ बसेको छ भनी अल्ट्रासाउण्ड गराएर सजग रहन पनि निर्देशक डाक्टर गौतमले सल्लाह दिए । गर्भपतन नगराएका महिलामा पनि सेतो पानी बग्ने, चिलाउनेलगायत समस्या भएमा पनि सङ्क्रमणको अत्यधिक खतरा हुने भएकाले बच्चा नलीमा बस्ने सम्भावनालाई बढाउनसक्छ ।

अहिले तीन महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति छ । तर, अचेल गर्भपतनलाई परिवार नियोजनका रूपमा लिने गरेको पाइन्छ, त्यसो गर्नु जोखिमपूर्ण छ । बच्चा नचाहिने अवस्थामा गर्भपतन गराउने हो । परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ । बच्चा नजन्माउने हो भने सावधानी अपनाउनुर्छ । तत्काल बच्चा नजन्माउने हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्न चिकित्सकको सल्लाह छ । परोपकार प्रसूति गुहमा दैनिक १५ जनाले गर्भपतन गराउँदै आएका छन् भने दैनिक नेपालमा कति जना महिलाले गर्भपतन गराउछन् भन्ने एकिन तथ्याङ्क छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’