२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

संविधान जारीको खुसीयालीमा बर्दियामा विविध कार्यक्रमहरु गरिने

१ आश्विन २०७२, शुक्रबार ०५:४५

प्रभात सुवेदी/असोज १, बर्दिया । जिल्लास्थित विभिन्न राजनैतिक दलहरु, जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुखहरु, कानुन व्यवसायी, उद्योगी व्यापारीहरु, बुद्धिजिवी, नागरिक समाज, पत्रकार, महिला, जेष्ठ नागरिक, तेस्रो लिङ्गी, विद्यार्थीहरु लगायतको सर्वपक्षीय भेलाले असोज ३ गते संविधान जारी भएपछि विविध कार्यक्रम गरी खुसियाली मनाउने निर्णय गरेको छ ।

ba

जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा आज आयोजित कार्यक्रममा सहभागीहरुले राज्यले निर्धारण गरेको कार्यक्रम अनुसार असोज ३ गते साँझ दीपावली गर्ने र ४ गते खुसियाली सभाको आयोजना गर्ने सहमति भएको छ ।

त्यसैगरी विभिन्न सरकारी निकायका प्रमुखहरुले आ–आफ्ना मातहतका कार्यालयहरुमा सो अनुसार निर्देशन गर्नका लागि प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी गराउनुभयो ।

ba2

यसैबीच संघियताको विरोध गर्दै आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले भने असहमति रहेको संविधानको धारा जलाउने कार्यक्रम राखेको संघर्ष समितिका सदस्य हरिहर थारुले बताउनु भयो ।

संविधान जारी हुने दिन वा भोलीपल्ट सरकारले सार्वजनिक विदा दिएकोले आम जनसमुदायलाई एक भएर खुसीयाली मनाउनका लागि आह्वान गरिएको छ । साथै, कुनै पनि खुसीयाली समारोह आयोजना गर्नुपूर्व स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउन समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला