ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ ।

शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ ।

शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अ"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कर्मचारीको माग सम्बोधन, चरिकोट अस्पतालको सम्पुर्ण सेवा भोलिबाट शुचारु हुने

३१ भाद्र २०७४, शनिबार ०९:३४

 ताराबहादुर महत । भाद्र ३१, दोलखा । जोखिम भत्ता कटौतिको विरोधमा गत बुधबारदेखि बन्द भएको प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला र रेडियोलोजी सेवा भोलिदेखि शुचारु हुने भएको छ ।

शुक्रबार रातिसम्म न्याय हेल्थ नेपाल र अस्पतालको प्रयोगशाला तथा रेडियोलोजी विभागमा कार्यरत कर्मचारीहरुविच भएको छलफलबाट यसअघि दिँइदै आएको जोखिम व्यवस्थापन भत्तालाई निरन्तरता दिने सहमति भएपछि आफूहरु सेवा शुचारु गर्न तयार भएको प्रयोगशालाका कर्मचारी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक वुसन प्रसाँईले भने संस्थाको बृहत सेवा तथा सुविधा सम्बन्धि अध्ययन समितिले अध्ययन गरेर जोखिम भत्ता मात्र नभई कर्मचारीहरुको हकहितका लागि कानुनी प्रावधान अनुरुप सेवा सुविधा दिने सहमति भएको बताउनुभयो। सार्वजनिक निजी साँझेदारी मोडलमा संचालित स्वास्थ्य संस्थाले नेपाल सरकारद्वारा जारी ‘प्रयोगशाला तथा रेडियोलोजि जोखिम भत्ता व्यवस्थापन निर्देशिका, २०७२’ मा भएको प्रावधान बाध्यकारी देखिएमा कर्मचारीहरुको जोखिम भत्ता चालु आर्थिक बर्षको शुरुवातदेखिको नै दिएर कर्मचारीहरुको मनोबल बढाउन आफूहरु  तयार रहेको निर्देशक प्रसाँईको भनाई छ । आफूहरु भत्ता कटौतिको पक्षमा नरहेको भएपनि बजेट अभावले भत्ता निरन्तरता गर्न नसकिएको उहाँले बताउनुभयो ।

गत आर्थिक बर्षको पुषदेखि असारसम्म भत्ता दिईएको भएपनि २०७४ श्रावणदेखि भत्ता नदिईएको भन्दै त्यस विभागका कर्मचारीहरुले गत बुधबारदेखि आपतकालिन बाहेकका सबै सेवा अबरुद्ध पारेका थिए ।  चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालको प्रयोगशाला तथा रेडियोलोजी विभागका कर्मचारीहरुले आपतकालिन बाहेकका सेवा ठप्प पारपछि सैयौं विरामीहरु सेवा लिनबाट बञ्चित भएका थिए । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाको साँझेदारीमा संचालित अस्पतालमा दैनिक औषत ३ सय जना विरामीले सेवा लिने गरेको अस्पताल श्रोतको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह